डम्बर राई
जेष्ठ १४ गते, सप्तरी।मधेश प्रदेश सरकारले आन्दोलनमा रहेका शहिद परिवार तथा घाइते सदस्यहरूकाे समस्या तथा गुनासाे सम्वाेधन गर्ने भएकाे छ । मंगलवार माननिय मन्त्रीस्तरकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका कानुन अधिकृत लक्षमण राईद्वारा हस्ताक्षरित पत्रमा शहिद परिवार तथा घाइते सदस्यहरूकाे समस्या तथा गुनासाे सम्वाेधन गर्नका निम्ति वार्ता गर्ने जनाइएकाे छ । पत्रकै ब्यहाेरानुसार मधेशी शहिद एवंम घाइते संघर्ष समितिबाट ५ जना प्रतिनिधि माँग गरेकाे छ । सहिद एवंम घाइते गरेकाे छ । काेहि देशका भुगाेलका लागि, काेहि पहिचानका लागि त काेहि अन्य अधिकारका लागि हाेस् जीवन बलिदानी दिएर शाहदत्त प्राप्त गरेका शहिदहरूप्रति मधेश प्रदेशले जुन आयाम थप्यो यो सह्रानिय छ । यस अघिपनि सरकारले समस्या पहिचान गरेर पिडित परिवारजनका सदस्यहरूलाई सेवा सुविधामा उचित ब्यवस्थापन नगरेकाे सहिद परिवारकाे गुनासाे सार्वजनिक हुँदै आएको छ ।