जेठ१३ गते , सप्तरी।
बाराकाे सदरमुकाम कलैयामा भइरहेको मधेश प्रदेश क्रिकेट लिग प्रतियोगितामा सप्तरी फाईनलमा प्रवेश गरेकाे छ ।
मङ्गलबार कलैया स्थित सिद्वेश्वर खेल मैदानमा भएकाे सेमिफाईनल खेलमा धनुषालाई ३ बिकेट पराजित गर्दै सप्तरी सिनियर क्रिकेट टिमको रूपमा फाईनलमा प्रवेश गरेकाे हाे।
सप्तरीका ब्याटर राहुल बिककाे बिष्फाेटक ब्याटिंगका कारण धनुषाले दिएकाे ९९ रनकाे लक्ष्य सप्तरीले १९ ओभर २ बलमा ७ बिकेट गुमाएर बिजयी भएकाे थियो।
बिकले ३१ बलमा ४ छक्का र ४ छक्काकाे मदतले ४८ रन बनाउदै नटआउट खेलेपछि सप्तरी अन्तिम ओभरमा जित निकालेका थिए।
सप्तरीकाे सुरूवात कमजाेर रहेकाे अवस्थामा राहुल बिकले साताै नम्वरमा ब्याटिंग गर्न आएपछि बिकले उत्कृष्ट प्रदर्शन गरेपछि सप्तरी फाईनलमा प्रवेश गर्न सफल भएको आयोजकले जनाएको छ ।
सप्तरीले पहिलाे ओभरमा राेहन बिकलाई गुमाए सँगै टिम कमजाेर अवस्था पुगेकाले खेल रोचक हुन गइरहेको थियो। सुरूवातमा राेहन बिक सँगै अभिषेक कार्की, भाेला साह, पप्पु यादब, नितेश यादब सहित ५ जना ब्याटरले दाेहाेराे अंक पार गर्न सकेका थिए।
यसैगरी टिमका लागि कप्तान अमित यादबले ११ रन बनाएका थिए भने वसन्त यादबले नटआउट रहदै ४ रन बनाएका थिए ।
बलिंग तर्फ धनुषाका रनरूप यादब र अवजित मण्डलले समान २/२ बिकेट तथा बिकास सुशलिंग, अखिलेश ठाकुर, बिक्रान्त यादबले १/१ बिकेट लिएका थिए।
टस जितेर धनुषा जिल्ला क्रिकेट टिमले २० ओभरमा ९ बिकेट गुमाएर ९८ रनकाे याेगफल खडा गरेका थिए।
जसमा अखिलेश ठाकुरले २३ रन, हिमान्सु दतले २१ रन बनाएका थिए। बलिंंग तर्फ सप्तरीका नितेश यादबले ३ बिकेट, पप्पु यादब २ बिकेट तथा अजय यादब र बिकास दासले समान १/१ बिकेट लिएका थिए।
खेलकाे प्लेयर अफ दि म्याच सप्तरीका राहुल बिक घाेेषित भएका थिए।
जेठ १५ गते बाराकाे बिरगंजमा बारा र सप्तरी बिच फाईनल खेल हुने मधेश प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले जानकारी दिए।