डम्बर राई
जेष्ठ १५ गते, कञ्चनरुप सप्तरी। मुलुकमा स्थापित १८ औ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाएका छन् । यस अवसरमा सप्तरीकाे कञ्चनरूप नगरपालिका ८ स्थित नेकपा (एमाले) नगर पार्टी कार्यालयमा द्वीप प्रज्वलन गरि १८ औ गणतन्त्र दिवस मनाए ।
सो अवसरमा नेकपा (एमाले) का पाेलिटब्युराे सदस्य एवंम जिल्ला ईन्चार्ज सुमनराज प्याकुरेलले नेपाली जनताकाे ठुलाे संघर्षबाट नेपालमा १७ बर्ष अगााडी भित्रिएकाे गणतन्त्रकाे वारेमा चर्चा गरे । उनले भने नेपाली क्रान्तीले जहिलेपनि मुलुकमा एउटा ठाेस काम गर्ने गरेकाे ईतिहास साक्षी भएकाे छ ।
गणतन्त्र क्रान्तीबाटै स्थापित भएकाे हाे उनले भने राजतन्त्रकाे बिरूद्धमा कदम उठाउने यधपी यसकाे बिराेधमा नेपाली जनतालाई मुलधारमा ल्याउन ( एमाले) काे भुमिका थियाे । स्व. मदन भण्डारीकाे फरक बिचार र उनकाे स्वर्गवास पछि केपी ओलिको बिचारले नेपाली जनतामा परिवर्तन ल्याएकाे हाे, देशमा गणतन्त्र स्थापना भएकाे हाे नेता प्याकुरेलले बताए ।
नगर अध्यक्ष बच्चुलाल चाैधरीकाे अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रेस चौतारी नेपाल सप्तरी शाखाकाे पनि एक्यवद्धता रहेकाे थियो । कार्यक्रममा केन्द्रीय सदस्य दिवाकर देवकाेटा, प्रदेश सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, नगरकमिटीका जिम्मेवार, युवा, महिला, चाैतारी नेपाल लगायत संगठनका जिम्मेवारहरूकाे बाक्लाे सहभागिता रहेकाे चाैतारीका पूर्व जिल्ला सल्लाहकार उत्तम आचार्यले जानकारी दिए ।