• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जङ्गली हात्तीले मकैबारीमा एक किसानको ज्यान लियो

फाेटाे घटना स्थलमा म्रितकाे शव

img

डम्बर राई
न्युज 1 नेपाल

जेष्ठ १७ गते, कञ्चनरूप सप्तरी–जङ्गली हात्तीले सप्तरीकाे कञ्चनरूप नगरपालिका १२ स्थित धरमपुर टाेलका ६५ बर्षिय केदार बिष्टको ज्यान लिएकाे छ । घरदेखि ५ सय मिटर पश्चिम मकैबारी हेरचाहका लागि निस्केकाे समयमा शुक्रबार राति जङ्गली हात्तीकाे समूहले उनलाई मारेकाे इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

उनी सधै राति एक्लै मकै हेरचाह गर्न मकैबारीमा जाने गरेकाे र कहिले कहि टाैवा( छाप्राे) मा नै सुत्नेपनि गरेकाे स्थानिय समाजसेवी लिल बहादुर मगरले बताए । मगरकाे अनुसार राति २ बजेतिर हात्ती कराएकाे आवाज आएको थियौ सायाद तेतिबेला नै बिष्टलाई मारेको हुनुपर्छ । बिहान टाैवा नजिक भुईमा लडेकाे देखेपछि प्रहरीमा खबर गरेकाे थियाे ।
घटनास्थलमा बिहान ६ बजेतिर पुगेकाे प्रहरी टाेलीले घटनाकाे अनुसंधान गरी मृतककाे शवलाई पाेष्ट मार्टम गर्न राजबिराज लाने तर्खर भइरहेकाे जनाईएकाे छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी