• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

काठमाडौँमा आन्दोलनको क्रममा राप्रपाका एक कार्यकर्ता पक्राउ

img

न्युज 1नेपाल
जेष्ठ १७ गते,काठमाडौँ —राजावादीको आन्दोलनमा ड्युटीमा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने एक राप्रापाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेका छन ।
पक्राउ पर्ने धनगढी नगरपालिका-१४, सिरहका ने बहादुर खड्कालाई प्रहरीले परिसर भद्रकालीमा लगिएका हुन् ।
थप विवाद बढ्न नदिन तत्काल खड्कालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

नारायणहिटी परिसरलाई निषेधित क्षेत्र तोकिएपछि राजावादीहरू शान्तिवाटिकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढ्दै गएका थिए। राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनः स्थापना र हिन्दु राष्ट्रको मागसहित १५ गतेदेखि काठमाडौँबाट सुरु गरेको अनिश्चितकालीन प्रदर्शन जारी रहेको हुँदा छ निर्धारित कार्यक्रम अनुसार उनीहरुले शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने जनाएका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि नै लागू हुने गरी २४ असारसम्म नारायणहिटी दरबार संग्रहालय क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि उनीहरूले कार्यक्रमस्थल परिवर्तन गरेका थिए ।

नवराज सुवेदी नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले यो आन्दोलनको नेतृत्व गरिरहेको छ । संयोजक सुवेदीले जनप्रदर्शन निरन्तर चल्ने बताएका छन् । ‘राजतन्त्रसहित हिन्दु राष्ट्र कायम हुन्छ,’ सुवेदीले भने, ‘हाम्रो माग पूरा नहुँदासम्म अखण्ड रूपमा यो संघर्ष कायम रहन्छ ।’

राजावादीले गत चैत १५ मा गरेको प्रदर्शन हिंसात्मक हुँदा सञ्चारकर्मी सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको थियो । गोली लागेर २० जना घाइते भएका थिए । घाइते तीनजना अहिले पनि उपचार क्रममा छन् । सो घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबरा, दुर्गाप्रसाद प्रसाईंसहित ६५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । त्यसमध्ये ४ जना बालकविरुद्ध बाल अदालतमा मुद्दा दायर भएको छ । जिल्ला अदालतमा मुद्दा दर्ता भएकामध्ये ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्ति विशेष मुद्दा दर्ता गरिएको हो । उनीहरूको बयान अदालतमा चलिरहेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी