• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

सुडानमा हैजाको प्रकोपले दुई दिनभित्र ७० जनाको मृत्यु

img

न्युज 1नेपाल
जेष्ठ १७ गते,काठमाडौँ —सुडानको राजधानी खार्तुममा हैजाको प्रकोप भयावह रूप लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराको हैजाका कारण दुई दिनमा कम्तीमा ७० जनाको मृत्यु भएको हो ।

बुधबार ९४२ नयाँ संक्रमण र २५ जनाको मृत्यु भएको र मंगलबार ११ सय ७७ जना संक्रमित र ४५ जनाको मृत्यु भएको टर्किस मिडिया डेली सभाले खार्तुम उद्धृत गरेको छ ।

सुडानमा पछिल्ला दुई वर्षदेखि सेनाका वास्तविक नेता जनरल अब्देल फत्ताह अल-बुर्हानको नेतृत्वमा रहेको सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस बीच सत्ता संघर्षमा चर्किइरहेको बेलामा यो भयाव हैजाको प्रकोप फैलिएको छ। हिंसात्मक सत्ता संघर्षका कारण राजधानी शहरको खानेपानी र विद्युत् पूर्वाधार ध्वस्त भएकाले पनि हैजाको प्रकोप नियन्त्रण लिन समस्या थपिएको छ । मुख्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा करिब ९० प्रतिशत अस्पतालहरू युद्धका कारण बन्द भएका छन्। त्यसैले पनि राजधानी गम्भीर स्वास्थ्य संकटमा फसेको अल सभाहले लेखेको छ ।खार्तुम राज्यको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएअनुसार पछिल्ला दुई दिनको अवधिमा २,१०० भन्दा बढी नयाँ संक्रमण भएको पुष्टि भएको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार राजधानीमा एक सातामा हैजाबाट कम्तीमा १७२ जनाको मृत्यु भएको छ । जसमध्ये ९० प्रतिशत राजधानी खार्तुमका छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी