• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

योजना छनोट र कार्यान्वयनमा भएको ढिलासुस्ती बारे स्थानीय स्तर मै सामाधान गर्नुपर्ने: मन्त्री लेखी

img

न्युज 1नेपाल संवाददाता
जेठ१७ गते , सप्तर। योजना छनोट र कार्यान्वयनमा भएको ढिलासुस्ती र समस्या बारे स्थानीय स्तरमै समाधान गर्नु पर्ने नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेश सरकारको गृह , सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बताएका छन् ।
शनिबार सप्तरीको कञ्चनरुपमा समाजका अगुवासंग भेटघाट गर्दै मन्त्री लेखीले सो कुरो भनिएका हुन् ।
भेटघाट कार्यक्रममा योजना छनोट र कार्यान्वयनमा भएको ढिलासुस्ती र समस्याका सम्बन्धमा सहभागीहरुले गुनासो गरेका हुनाले कार्यक्रममा मन्त्री लेखीले उपस्थित सबैको गुनासोको जवाफ दिदै विकास निर्माण कार्यलाई गुणस्तरीय तथा पारदर्शी बनाउन स्थानीय स्तरबाट पनि खबरदारी गर्नुपर्नेमा जोड दिए ।
यस प्रकारका संवेदनशील विषयमा विश्लेषण गर्दै मन्त्री लेखीले स्थानीय समस्याहरु स्थानीय स्तरमै समाधान गर्नु पर्ने बताउदै आफुले सरकारको नीति र पार्टीको विधान बमोजिम काम गर्न प्रतिबद्ध रहेको प्रष्ट पारे ।
भेटघाटमा कञ्चनरुप नगरपालिकाका निवर्तमान मेयर बसन्त मिश्र,वडानम्बर ११ का वडा अध्यक्ष ललित गोजेवार,वडा नम्बर.८ का निवर्तमान वडा अध्यक्ष राजकुमार साह, स्थानीय नेताहरु हरिहर बस्नेत,कल्पना चौधरी,केवल खत्री, शिवनारायण साह,उमेश प्रसाद साह लगायतको सहभागिता थियोे ।
भेटघाट सकिएपछि मन्त्री लेखीले कञ्चनरुप-१२ मा शनिबार बिहानको समयमा जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएका दशरथ विष्टको घर गएर शोकाकुल परिवारलाई सान्त्वना दिदै मृतकप्रति हार्दिक समवेदना प्रकट गरेका थिए । मन्त्री लेखी आजकल आफ्नो क्षेत्रका जनताहरूसँग निरन्तर भेटघाट गर्दै समस्याहरू बुझ्दै आएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी