न्युज1नेपाल संवाददाता
जेठ १८, जनकपुर धाम । विवाह गरिने केटीको उमेर कम हुनुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले बताएका छन् ।
आइतबार जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदा सम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेको छ, अब त्यसलाई १८ वर्षमा ल्याउनुपर्छ।’
उनले वर्तमान परिस्थितिलाई नजरअन्दाज गर्दै एवं समाजिक, धार्मिक तथा अभिभावकको माग अनुसार केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव दिए ।उनले यससँग सम्बन्धित प्रस्ताव संघीय संसदमा प्रस्ताव पेस गरिसकेको समेत उल्लेख गरे ।