भूपदेव माली
जेठ १९ गते , सप्तरी।
सप्तरीको राजविराज अन्तर्गत विद्यालयका एक छात्रले आफ्नो जन्म दिनको अवसरमा गरिव दलित, तथा विपन्न विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेका छन् । आफ्नो ८ औं जन्मदिनको अवसरमा राजविराज नगरपालिका वडा नं ७ का छात्रा संयोग यादवले स्थानीय रमेश नारायण आदर्श आधारभूत विद्या मन्दिर राजविराजका गरिव, दलित तथा विपन्न छात्रछात्रलाई सोमबार शैक्षिक सामाग्री (स्टेशनरी) वितरण गरेका हुन् ।
पुरानो परम्परालाई तोड्दै समुदायिक विद्यालयका गरीव, दलित तथा विपन्न छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरि छोरोको जन्मदिन मनाइएको इन्टेलेक्चुअल फाउण्डेशनका अध्यक्ष समेत रहेका डा. सूर्या प्रसाद यादवले बताए । शिक्षामा दलित, गरिव तथा विपन्न बर्गका छात्रछात्रालाई प्रोत्साहन गर्न र यसबाट अरुले पनि प्रेणा लिएर जन्मदिन मनाएर थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले विद्यालयमा छोराको जन्मदिन मनाइएको उनले जानकारी दिए । उनले यस अघिपनि शिक्षा क्षेत्रमा सुधार एवं परिवर्तन ल्याउने सन्दर्भमा सप्तरीमा मात्र नभई प्रदेश स्तरमै विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए।
स्टेसनरी वितरण कार्यक्रमको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवम् उधोगी व्यवसायी अरूण प्रधान, प्रा.डा. रामखेलावन यादव, नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादव, मैथिली अभियनता रामरिझन यादव, समाजसेवी इन्जिनियर सूर्य नारायण यादव, इन्टेलेक्चुअल फाउण्डेशनका सहसचिव दिलिप कुमार यादव, आजिवन सदस्य सुधाकर सिंह, पत्रकार राम शंकर भण्डारी लगायत विद्यालयका शिक्षक – शिक्षिका तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा २८ जना विद्यार्थीहरूलाई कोपी र पेन्सिल वितरण गरिएको डा. यादवले जानकारी दिए।