• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

दनुवार जागरण समिति सप्तरीको अधिवेशन जेठ २९ गते हुने निर्णय

img

भूपदेव माली
जेठ २० गते, सप्तरी।
दनुवार जागरण समिति सप्तरीको अधिबेशन जेठ २८ गते हुने निर्णय भएको छ ।
दनुवार जागरण समिति सप्तरीका अध्यक्ष खेमराज सिंह दनुवारको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले सो निर्णय गरिएको हो।
बैठकले सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदहामा जिल्ला अधिबेशन गर्ने निर्णय गरिएको बताएको छ।
बैठकले अधिबेशन मुल व्यवस्थापन तथा तयारी समिति, सल्लाहकार समिति र प्रचारप्रसार समिति समेत गठन गरिसकेको अध्यक्ष दनुवारले जानकारी दिए ।
विष्णुदेव सिंह दनुवारको संयोजकत्वमा रणुदेव सिंह सह- संयोजक, अशोक कुमार सिंह सचिव र रामगेन सिंह दनुवार अनिता सिंह दनुवार, निलम सिंह दनुवार रहेको ६ सदस्य मुल व्यवस्थापन तथा तयारी समिति, विष्णुदेव सिंह,शिवनन्दन सिंह र देवानन्दन सिंह रहेको ३ सदस्य सल्लाहकार समिति गठन गरिएको दनुवार जागरण सभा सप्तरीका सचिव उपेश कुमार सिंह दनुवारले जानकारी दिनुभयो ।
यसैगरी खेमराज सिंह दनुवार,विन्देश्वर सिंह,सत्रुधन सिंह,सुर्यदेव सिंह उमेश कुमार सिंह रहेको ५ सदस्यीय प्रचारप्रसार समिति समेत गठन गरिएको उनले जानकारी गराए ।
‘आदिवासी दनुवारको विषेश क्षेत्र संरक्षित क्षेत्र र स्वयत्त क्षेत्र कायम गर’ भन्ने मुल नाराकासाथ सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका १ स्थित जण्डोल-घोघिदाहामा हुने जिल्ला अधिबेशन दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष राम कुमार सिंह दनुवारले उद्घाटन गर्ने दनुवार जागरण समिति सप्तरीले जनाएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी