• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

स्वावलम्बन वित्तीय संस्थाले विभिन्न प्रजातिको बिरुवा वितरण गरे

img

जेठ २२ गते, सप्तरी।
स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कल्याणपुर द्वारा संस्थाका सदस्य, आमनागरिक तथा संस्थाहरुलाई विभिन्न प्रजातिका बोट बिरुवा वितरण गरेको छ । बिहीबार संस्थाद्वारा आयोजित कार्यक्रमका बीच विश्व वातावरण दिवसको अवसरमा सप्तरीको छुट्टाछुट्टै स्थानमा बिरुवा वितरण गरेको हो ।
शम्भुनाथ नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष इन्द्र कान्त चौधरीको प्रमुख आतिथ्यमा वडा नम्बर ४ को श्री अधारभुत विधालय ठिकहामा आयोजित कार्यक्रममा संस्थामा आवद्ध रहेको सदस्य ९९ घर परिवारलाई प्रति व्यक्ति एक लिची,एक आँप,एक कागतीको बिरुवा वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष चौधरी, स्वावलम्वन लघुवित्त वित्तीय संस्था रुपनी कलस्टर प्रमुख जय प्रकाश निराला लगायतकाले उनीहरुलाई बिरुवा वितरण गरे ।
यसैगरी शम्भुनाथ नगर पालिकाका ७ र ८ वडा, खडक नगरपालिकाको ५ र ६ वडामा गरि ९९ जना सदस्य र अधारभुत विद्यालयलाई १५ वटा फुलको विरुवा र ८९ वटा आँप, लिची,कागती।तथा स्थानीय विद्यालयलाई ३२ वटा विरुवा विद्यालयका प्रधानाध्यापक विजय चौधरीलाई हस्तान्तरण गरिएको स्वावलम्बन वित्तीय संस्थाले जनाएको छ ।
रुपनी कलष्टर प्रमुख निरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय्का प्रधानाध्यापक,  शिक्षक, संस्थाका सदस्यहरुलगायत स्थानीय समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन अनिल कुमार साहले गरेका थिए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी