• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

गाेताखाेर अभ्यासकाे क्रममा सप्तकाेशी नदीमा २ जना सशस्त्र प्रहरी जवान बेपत्ता

फाेटाे भुपदेव माली न्युज1नेपाल

img

डम्बर राई
जेष्ठ २२ गते, सप्तरी। मनसुन बिपद उद्धार पूर्व तयारी गाेताखाेर अभ्यासकाे क्रममा सप्तकाेशीमा २ जना शसस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । सप्तरी र सुनसरी जिल्लाकाे सिमानामा पर्ने काेशीब्यारेजकाे दक्षिणतर्फ नदीमा अभ्यास गरिरहेका प्रहरी जवानद्वय सुरज साउद र हरीदेव राजबंशी बिहिबार दिउँसाे ३ बजे बेपत्ता भएकाे ईलाका प्रहरी कार्यालयले जानकारी दिइएकाे छ ।

शसस्त्र प्रहरी बलका गाेताखाेर अभ्यासमा मध्यान्ह १२ बजे नदीमा २ वटा समूह पसेका थिए । ब्यारेजकाे ५३ देखि ५६ नम्बरकाे ढाेकाबीचबाट उनिहरू हराएकाे प्रहरीकाे भनाई छ । उनिहरू पानीमा हराउने बित्तिकै शसस्त्र प्रहरीकाे समूहले डुंगा( बाेट) र अन्य साधन प्रयाेग गरेर खाेजतलास गरेपनि फेला परेन ।

फाेटाे भुपदेव माली न्युज1नेपाल

बेलुका ६ बजेसम्म खाेजतलास तिब्र पारेकाे थियाे । सब फेला परेनन् यद्यपि एकजना जवानले बोकेका १५ किलोका अक्सिजन ग्यास सिलिन्डर फेला परेको प्रहरीले जनाएको छ।
बेपत्ता हुने शसस्त्र प्रहरीका जवान साउद डाेटी जिल्ला बस्ने दरबन्दी नं.१३,पर्सा, कार्यरत नं.वाहिनीका हुन् भने राजबंशी झापा जिल्लाको गौरादह नगरपालिका बस्ने दरबन्दी १,गण ईलाम कार्यरत द.डा.ता. शिक्षालयका हुन् ।

फाेटाे भुपदेव माली न्युज1नेपाल

४ दिनअघि हराएकाे राईकाे शव काेशीब्यारेजमा भेटियाे

फाेटाे भुपदेव माली न्युज1नेपाल

बेपत्ता भएका प्रहरीकाे खाेजी गर्ने क्रममा संखुवासभा जिल्ला भाेट खाेला निवासी ३५ बर्षिय राजेश राईकाे शव फेला परेकाे थियाे । ४/५ दिन अगाडि झापा जाने भनी राई घरबाट हिडेकाे उनकाे आफन्तले बताए । घटनास्थलमा आइपुगेका मृतक राईकाे दाजु उत्तर बहादुर चामलिङ् राईकाे अनुसार झापामा पनि नपुगेकाे खबर पाएपछि खाेजीकार्य सुरू गरिएकाे थियाे ।
बैदेशिक राेजगारमा गएकी बुहारी र भाईबीच बिगत केही समयदेखी खटपट चल्दै आएको मृतकका बहिनी कमला राईले पत्रकार भूपदेव मालीसँग साक्षात्कार हुँदै भने बुहारीले सम्पर्क नै गायव गरेपछि यहि भाई तनावमा थियाे ।

भिडियाे हेर्न यहाँ  िक्लक गर्नु हाेस् ।

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी