• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

डाकासमूहद्वारा दाईकाे हत्या भाइ घाइते

img

कञ्चनरूप
जेष्ठ २२ गते, सप्तरी। सप्तरीकाे सुरूङ्गा नगरपालिका ८ स्थित मलहन्वाका ५० बर्षिय कन्तलाल चाैधरीलाई डाका समूहले हत्या गरेका छन् । बिहिबार राती १ बजेकाे समयमा घरमा पसेका डाकाहरूसंग प्रतिकार गर्दा उनलाई धारिलाे हतियारले काटेर मारेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।

साेही प्रतिकार गर्ने क्रममा मृतकका सहाेदर भाइ रमाकान्त चाैधरी भने घाइते छन् । घाईतेकाे उपचार गराइरहेकाे छ भने मृतक चाैधरीकाे शवलाई गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा पाेष्टमार्टमका लागि पठाइएकाे जनाएकाे छ । प्रहरीका अनुसार डाकाहरूले ४ ताेला सुन, २ किलाे चाँदी र नगद ६० हजार लुटेर लगेका छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी