कञ्चनरूप
रूपनगर आँप उत्पादक कृषक समूहकाे अध्यक्षमा तीर्थराज उपाध्याय निर्विराेध भएका छन् । सप्तरीकाे कञ्चनरूप नगरपालिका १२ बस्तीपुर स्थित नेवा समाजकाे गुठी भवनकाे सभाहलमा शनिवार आयोजित समूहकाे तेस्राे साधारण सभाले उपाध्यायलाई अध्यक्षमा निर्विराेध गरेकाे हाे ।![]()
अध्यक्ष उपाध्याय कृषक समूहकाे संस्थापकपनि हुन् ।उपाध्यायकाे लामाे अथक प्रयासले कञ्चनरूपकाे वडा नम्बर ९ र १२ का आँप उत्पादक कृषकहरूकाे हीतमा काम गर्ने उद्धेश्यबाट २०७३ सालमा संस्था स्थापना भएकाे थियाे । संस्था स्थापना भएदेखि २०७९ सालकाे अन्त्यसम्म अध्यक्ष भएर काम गरेका थिए ।
बीचमा उनले अस्वस्थ्यका कारण संस्थाकाे संचालक समितिकाे अध्यक्ष दक्ष नारायण श्रेष्ठलाई सुम्पेकाे थियाे ।
यस्तै समूहकाे संचालक समितिकाे बरिष्ठ उपाध्यक्षमा भक्त नारायण श्र्ष्ठ, उपाध्यक्ष रितेश दास, सचिवमा पिटर बस्नेत र काेषाध्यक्षमा आशा श्रेष्ठ चुनिएका छन् ।
सदस्यहरूमा प्रकाश पाेखरेल, याेगेश श्रेष्ठ, पुना कुमाारी देव, भरत कट्वाल छन् । सल्लाहकार समितिमा छत्र नारायण श्रेष्ठ र नारायण बहादुर मिश्र छन् । यसैगरी डम्बर राईकाे संयाेजकत्वमा ३ सदस्य लेखा समिति गठन गरेकाे छ । लेखा समितिकाे सदस्यहरूमा भागवत प्रसाद महत्ताे र प्रभाष देव छन् ।
प्रकाश पाेखरेलद्वारा संचालन साे सभामा १२ नम्बर वडाका कावा अध्यक्ष जैनुद्वीन मियाँले प्रमुख अतिथीकाे आसनबाट कञ्चनरूपका आँप उत्पादक किसानहरूकाे हीतमा काम गर्न संस्था लागिपरेकाे बताए । उनले भने किसानले ठुलाे कष्ठकाे बीच उत्पादन गरेकाे आँपको सहि मूल्य नपाएकाे हुँदा किसानकाे दु:ख साध्यलाई पूरा गर्न याे संस्थाले आवश्यक पहल गरोस् । किसानहरु सस्ताे ब्यापारी तथा दलाल ब्यापारीकरणकाे चपेटामा परेर आफ्नो उत्पादन वस्तुको सहि मूल्य नपाउने गरेको भन्दै मियाले गुनासो गरे ।
प्रेस चौतारीका जिल्ला अध्यक्ष डम्बर राई, समाजसेवी जीत बहादुर श्रेष्ठ, रितेश दास लगायतले बिचार धारणा राखेका थिए ।