• img
  • img
img img img
Categories
Uncategorized

नदीमा बेपत्ता भएका २ जवान मध्ये एककाे शव भेटियाे, एककाे खाेजी जारी

img

कञ्चनरूप
सप्तकाेशी नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरिदेव राजबंशी मृत अवस्थामा फेला परेकाे छ । आज खोज तलास गर्ने क्रममा बिहान ८ बजे उनकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।
मनसुन बिपद उद्धार पूर्व तयारी (गाेताखाेर) अभ्यास गर्ने क्रममा बिहिबार काेशीब्यारेजकाे ५४ नम्बर ढाेका दक्षिण तर्फ नदीमा हरिदेव राजबंशी र सुरज साउद बेपत्ता भएका थिए ।
दिउसाे ३ बजे नदीमा बेपत्ता भए लगत्तै बेलुका ६ बजेसम्म प्रहरी टाेलीले खाेजतलास तिब्र पारेका थिए । प्रहरीकाे अनुसार अघिल्लाे रातकाे बर्षाले उर्लिएकाे नदीमा पानीकाे छाल तिब्र बहावमा थियाे ।

गाेताखाेर प्रशिक्षकद्वय शसस्त्र प्रहरीका जवान साउद डाेटी जिल्ला बस्ने दरबन्दी नं.१३,पर्सा, कार्यरत नं.वाहिनीका हुन् भने राजबंशी झापा जिल्लाको गौरादह नगरपालिका बस्ने दरबन्दी १,गण ईलाम कार्यरत द.डा.ता. शिक्षालयका हुन् । प्रहरीकाे अनुसार साउदकाे खाेजतलास जारी छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी