न्यूज 1नेपाल संवाददाता
२५ जेठ , सप्तरी। सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौताकी एक महिलाको घरमा गर गहनाहरू लुटिएका छन्।
तेरहौताकी कौशला देवी चौधरी आइतबार राति आफ्नै घरमा सुतिरहेकी अवस्थामा करिव विहान १ बजेको समयमा लुटेराहरू घर परिसरमा छिरेर गरगहनाहरु लुटिएर फरार भएका हुन्।
घरबाहिर परिसरमा सुतिरहेको बेला नाक र कानमा लगाएको गरगहना थुतेर लगेको चौधरीले बताइन् । उनका अनुसार नाकको सुनको फुली र कानमा लगाएको सुनको रिङ्ग गरि २ तोलाभन्दाबढी गरगहना लुटेर समुहले लुटेर लगेका छन् ।
श्रीमान र छोरा मजदुरीको लागि बाहिर रहेको र आफू र बुहारीमात्र घरमा रहेको मौका छोपी लुटेरा समुहले लुटपाट गरेको उनले बताइन् । आफ्नो कान र नाकको गहना लुछेपछि घरको लाला खोल्ने क्रममा हल्ला गर्दा लुटेरा समुह भागेको कौशल देवीले जानकारी दिइन् ।
उक्त घटनाको जानकारी तत्काल इलाका प्रहरी कार्यालय रुपनीमा दिएको थियो।इलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज प्रहरी नायव निरीक्षक पम्बर यादवले गरगहना लुटिएको बारे पुष्टि गर्दै लुटेरा समुहको खोजतलास तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।