कञ्चनरूप जेठ २५ ।
प्रेस मञ्च नेपालको दुइहस्ती जनमत संघकाे केन्द्रीय समितिकाे मुख्य जिम्मेवारीमा पाईएकाे छ । जनमत संघकाे केन्द्रीय तदर्थ समितिकाे अध्यक्षमा अवधेश कुमार झा र सह अध्यक्षमा रामनारायण विश्वास चयन भएका छन् ।
आइतबार बसेकाे केन्द्रीय सचिवालय बैठकमाे निर्णयबाट झा सहित २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो । गठित समितिकाे अध्यक्ष झा र सह अध्यक्ष बिश्वास दुबैजना सप्तरीबाट प्रेस मञ्च नेपालमा नेतृत्वदायी भुमिकामा थिए ।
संघीयता, लोकतन्त्र र गणतन्त्रमा आस्था राख्ने पत्रकारहरूको सहभागितामा समिति गठन गरिएको जनमत पार्टी केन्द्रीय समितिले जनाएको छ ।
समितिकाे सचिवमा महोत्तरीका ललन कुमार मण्डल छन् भने सदस्यहरूमा क्रमश:जितेन्द्र खड्गा, मनोज मरबैता, बिजयकुमार साह, सुमित मिश्रा, अनिल पाण्डे, केशव लुइँटेल, बिजेन्द्र कुमार चौधरी, वीरेन्द्र कुमार शाह, चन्दन रजक, चन्दन रौनियार, भोगेन्द्र साह, विमला कुमारी र रिना कुमारी केसी शम्भु पण्डित, शेख मोजिबुरुल्लाह, मुना ठाकुर, संजय यादव, श्यामल कुमार गिरी, छन् ।
अब निकट भविश्यमै जिल्ला र प्रदेशस्तरीय समितिहरू गठन गरिने पार्टीद्वारा सार्वजनिक गरेकाे पत्रमा उल्लेख छ ।