• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा समाचार

सातवटा निजी विद्यालयहरूद्वारा जिल्ला प्रशाषन कार्यालय, सप्तरीलाई ज्ञापनपत्र

img

जेष्ठ २६ गते, सप्तरी। सप्तरीका सातवटा विद्यालयहरूले जिल्ला प्रशाषन कार्यालय सप्तरीलाई ज्ञापन पत्र दिएका छन्। सप्तरीका निजी तथा सामुदायिक विद्यालयहरू द्वारा गरिएको अनियमितता लाई सुधार गर्ने सन्दर्भमा आरपी मेमोरियल विद्यालय ,आनन्द विद्यालय, ग्रीनल्यान्ड ई.बो.स्कूल, शिक्षादिप बोर्डिङ ई. स्कुल द्वारा जिल्ला प्रशाषन कार्यालयलाई ज्ञापन पत्र दिएका हुन्।
ज्ञापन पत्रमा शिक्षा सर्वागीण विकासको मुल आधार हुनुको साथै जीवनको आधारभूत आवश्यकता हो। यी व्यक्तिको मानसिक, समाजिक, आर्थिक र सांस्कृतिक विकासको प्रमुख श्रोत हो। त्यसैले जिम्मेवार र उत्तरदायी व्यक्तित्व, सामाजिक समानता, रोजगारी र आर्थिक प्रगति, सामाजिक उत्तरदायित्व, नविनता र प्रविधिको विकास, सास्कृतिक संरक्षण, ब्यक्तिगत स्वतन्त्रता र आत्मविश्वास बनाउनमा सहयोग पुर्याउँछ। शिक्षा कुनै पनि व्यक्तिको सफलताको मुख्य अधार बनाई समाज र राष्ट्रको समग्र रुपमा अगाडी बढाउन मद्दत गर्दछ। तर हामीहरु यस्तो पावन कार्यमा लाग्दि पनि व्यक्तिगत कलेश इर्ष्या, राजनैतिक पूर्वाग्रह र केही विधालयका संस्थापकहरु‌ले आफ्नो असक्षमता माथि थूपार्ने जस्ता कार्य संग जोडेर अरूलाई दुःख दिनु कदापी उचित होईन भनिएको छ।
गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थामा विद्यार्थी भर्ना हुनु र त्यो विद्यार्थीहरुलाई शिक्षा दिनु पनि निश्चित रुपमा अपराध होइन। यस्ता विद्यालयहरुलाई सरक्षण हुनुको स‌ट्टा सम्वन्धित निकायले सहयोग र नियमनको सट्ठा सत्यतालाई नै समाप्त पार्ने षडयन्त्र भइरहेकोले सत्य तथ्यलाई उजागर गरी हामी पिडितहरुलाई सहयोग र सही मार्ग प्रदानको लागि सम्बन्धित निकायमा आवश्यक पहलको लागी विनम्रअनुरोध गर्दछौं उल्लेख गरिएको छ भने वर्षौ अगाडी देखि हामीले विधालय संचालन गरी पटक-पटक अमुमति माग गर्दा पनि हामीलाई अनुमती नदिनु र आवश्यक सल्लाह सुभाव नदिएको कारणले हामीले लगाएको पुजींको अनिश्चितता भएकोले हाम्रो भविष्यको पनि रक्षाको लागी समेत अनुरोध गरिएको छ । ज्ञापन पत्रमा सप्तरी जिल्लाको सदरमुकाममै ठूला-ठुला अमर्यादित संस्थाहरु हुदा हुदै पनि सुरक्षित हुन र हामीजस्ता साना संस्थाहरूताई अन्धकार तिर धकेलिनु कदापि उचित होईन। राजविराजकी मिसन कलेज, युनिभर्सल कलेज झितिज कलेज लगायत कलेजहरुको अनुमती कुन हिसावले दिइएको हो र त्यो शिक्षाको नियम आफ्नो ठाउँमा चलिरहेको छ कि छैन, त्यसको जॉचबुझ नभई गाउँ ठाउँमा सानो विद्यालयलाई तर्साउनु न्यायसमत नभएकाले सदरमुकामबाटै शिक्षामा स्वच्छ अभियान संचालन हुँदा हामीहरुको पनि साथ सहयोग रहने प्रतिवद्धता समेत जनाउन चान्छौ। संस्थागत विद्यालय मात्र यस्ता कार्यमा संलग्न नभई सामुदायिक विद्यालयहरु समेतले यस भन्दा पनि ठूला अनियमित कार्यमा रहेको समेत अवगत गराउन चाहन्छौ । नेपाल सरकारले माध्यमिक शिक्षा नीशुल्क गरेको भए तापनि सप्तरी जिल्लाको विभिन्न ठाउँमा मा.वि विद्यालयहरुले अंग्रेजी माध्यमको आडमा अभिभावकसंग शुल्क उठाई बाडिचुडी खाने विद्यालयहरुलाई पनि नियमको दायरामा ल्याउनु पर्दछ। थूप्रै सामुदायिक विद्यालयहरुले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई खुल्लमखुला भर्ना लिई कक्षा आठ देखि नै एसईई सम्म परीक्षामा मात्र सामेल गराउने गरेको सर्वविदित छ उल्लेख गर्दै यसर्थ हामी पीडित संस्थापकहरुको यथार्त कुरा बुझी अनुमति प्रदान गराई जसको लागि हामीहरु यो ज्ञापनपत्र श्रीमान समक्ष अर्पन गर्दछौ भनिएको छ।
शिक्षा विकास तथा समन्वय इकाई सप्तरी, हनुमानगर, कंकालिनी नपा लगायत सप्तरीका सम्पूर्ण पालिकाहरु, लगायतकालाई बोधार्थ गर्दै यसप्रति यी निकायहरूलाई ध्यानाकर्षण गराउने प्रयास गरिएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी