सुनिता मगराती
जेष्ठ २७ गते, लहान। सिरहाकाे लहान नगरपालिकाका नगरप्रमुख महेश चाैधरीकाे मिली भगतले स्थानिय सडकहरू ध्वस्त भएकाे मधेश प्रदेशका साँसद ललिता बिद्राेहीले आरोप लगाइन् । लहान पडरीया देखि पिडरबाेनी, लक्ष्मनिया स्थित खहरेखाेला सम्मकाे ५ किलाेमिटर सडक र यता गुदगाउँ तर्फकाे ५ किलाेमिटर सडक ध्वस्त भएकाे उनले बताइन् । उनकाे अनुसार खाेलाकाे क्षमताभार भन्दा बढी उत्खनन् समेत गरेका छन्।
चाइना रेल्वे इन्जीनियरिङ्ग ग्रुप प्रालिद्वारा निर्माण हुँदै गरेकाे पूर्व पश्चिम लाेकमार्गमा चाहिने ढुंगा, गीट्टी र बालुवा खाेलाबाट ढुवानि गर्ने क्रममा वडा नम्बर १५ र १० स्थित सडक, बाटाे नै ध्वस्त बनेकाे छ । कम्पनी र लहान नगरपालिकासंग भएकाे सम्झाैतानुसार प्रति बर्ष ढुवानी पैदावारकाे राजश्व ५२ लाख ९७ हजार छ तर ३५ देखि ४० कराेड बरावरकाे क्षति भएकाे मुल्याङ्कन गरिएकाे माननीय बिद्राहीले बताइन् । कम्पनीसंगकाे सम्झाैता गत पुस महिनामै समाप्त भएपनि ढुवानी गरिरहेकाे उनले भनिन् २५ हजार घनमिटर खाेलामा उत्खनन् गर्ने सम्झाैता भएकाे हाे ।
दिनहुँ १५० वटासम्म टीपरले ढुवानी गर्दै आएको छ यस अनुसार कम्पनीसंग भएकाे सम्झाैता बमाजिमकाे पैदावार ३ महिनामै टुङ्गिन्छ तर सालै भर टीपर उहीँ गतिमा चलिरहेकाे छ यसकाे निगरानीका लागि सम्बन्धित निकाय माैन छ उनले आपत्ती जनाइन् । नगरप्रमुख चाैधरीले सिधै डकैती गरेकाे छ नत्र चुपचाप किन बसेकाे छ? उनले सवाल तेर्साउदै भनिन् कम्पनीले सबै ध्वस्त बनाएकाे सडक,बाटाे नगरपालिकाकाे बजेटले बनाउछ, आफु कम्पनीसंग कमिशन लिन्छ ।
राजश्व उठ्छ ५२ लाख तर क्षति भएकाे छ ४० कराेडकाे अनि यस्ताे बिनास भइरहेकाे छ याे पूरै ब्यहाेर्ने महानता देखाउदै छ नगरप्रमुख चाैधरी । माननीय बिद्राेहीले भनिन् नगरप्रमुख चाैधरीले प्रत्येक क्रसरबाट प्रति महिना २ लाख इन्टरनल लिने गरेकाे पाइएकाे छ । यसबाट फाइदा ब्यक्तिलाई नै हुने गरेकाे उनकाे दावी छ ।
यस्तै उनले जिल्ला प्रमुख अधिकारी, जिल्लाका प्रहरी प्रमुखहरूलाई समेत दाेषेका छन् । उनिहरूपनि मुखदर्शक बन्नुमा फाँटवारीमा संलग्न भएकाे आशंका राख्दै स्थानिय बिकासकाे हीतमा लाग्न आग्रह गर्दै उनले छानबिन समिति गठन गर्न र खाेलाकाे उत्खनन् राेक्न सुझाव दिएका छन् ।