न्यूज 1नेपाल संवाददाता
जेठ २६ गते कञ्चनरूप। कञ्चनरुप नगरपालिकाले बिदा सूचना ढिलो प्रकाशित गरेकोभन्दै स्थानिय मुस्लिम समुदायले आक्रोश ब्यक्त गरेका छन् । मुस्लिम धर्मावलम्बीहरूले आइतबार सार्वजनिक बिदा मनाए तर बिदा सम्बन्धी पालिकाले पूर्व सूचना जारी गरेन ।
२५ गते पर्व मनाईरहेका बेला कार्यालयले अबेर बिदाको सूचना प्रकाशित गर्याे यसमा हामी मुस्लीम समुदायभित्र असन्तोष चुलिएको छ युवा नेता अनिष सेखले गुनासाे गरे ।
उनले भने मुस्लिम पर्वको बिदा सूचना कम्तीमा एक दिन अघिनै, अर्थात् २४ गते प्रकाशित हुनुपर्नेमा नगरपालिका प्रशासनले २५ गते सूचना जारी गरेर हामिलाई थुमथुमाउने काम गर्याे । यसले समुदायमा विभेद र अवहेलना गरिएको हाम्राे अनुभूति भएकाे छ ।
उनले प्रश्न राख्दै भने नगरपालिकाको नगर प्रमुख ललन प्रसाद गुप्ताले हामी मुस्लिम समुदायलाई अवहेलना गरेर तर्साइएको अनुभूति भएको छ । समयमै सूचना नदिएको अर्थ के हो ? तपाईले हामीप्रति देखाएको बेवास्ता प्रति हामी घाेर निन्दा गर्दछाै ।
मुस्लिम समुदायको मतको बलमा पदमा पुगेका व्यक्तिले आफैंले भरोसा दिएको समुदायलाई बेवास्ता गरेको छ ।
सरकारले समयमै बिदा सम्बन्धी सूचित गराई सक्दापनि यस नगरपालिकाले चासाे नदेखाएकाे भन्दै समुदायले यो घटनालाई चरम लापरवाहीकाे संज्ञा दिदै घोर निन्दा गरेका छन् ।
हिजो आइतबार अधिराज्य भरी नै मुस्लिम समुदायले “इद उल अल्जा” पर्व धुमधामका साथ मनाएका छन् ।