• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

भारतको मणिपुरमा हिंसात्मक आन्दोलन जारी  उल्लङ्घन गर्दै प्रदर्शन

img

जेष्ठ २६ गते, सप्तरी।शनिबार देखि अशान्त बनेकोभारतको पूर्वोत्तर  मणिपुर राज्यमा सोमबार पनि निषेधाज्ञाको उल्लङ्घन गर्दै जुलुस प्रदर्शन जारी नै
छ ।
भारतीय सञ्चार माध्यम दि हिन्दुका अनुसार आइतबार राति निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शनकारीले सरकारी भवन जलाउने, सवारी साधनमा तोडफोड तथा आगजनी गर्ने र सुरक्षाकर्मीसँग भीडन्त गर्ने जस्ता घटनाहरू गरेका हून् ।
प्रदर्शनकारीहरुले राति मसाल जुलससमेत निकालेका थिए ।
शनिबार राति मैतेई जातिको स्वयंसेवक संगठन ‘अरम्बाई टेंगोल-एटी’ का एक प्रमुख नेता कनान सिंहसहित अन्य पाँच नेतालाई पक्राउ गरेपछि मणिपुरमा प्रदर्शन सुरु भएको हो । प्रदर्शन सुरु भएपछि प्रशासनले शनिबार रातिदेखि लागू हुनेगरी राज्यका पाँच जिल्लामा पाँच दिनका लागि इन्टरनेट सेवा समेत बन्द गरेको छ । एउटा

जिल्लामा कर्फ्यु र अन्य चार वटा जिल्लामा मानिसहरूलाई भेला हुन र प्रदर्शन गर्नमा रोक लगाउने गरी निषेधाज्ञा जारी गरेको छ ।

यस्तै शनिबार इम्फाल पूर्व जिल्लास्थित सब डिभिजनल कलेक्टर अफिसमा प्रदर्शनकारीले आगजनी गरेका छन् । आगजनीबाट भवनमा आंशिक क्षति पुगेको र सरकारी कागजात जलेको बताइएको छ ।

प्रदर्शनकारीहरुले कैयन सडकमा माटो थुपारेर सडक अवरुद्ध पारेका छन् । इम्फाल पश्चिम जिल्लाको क्वाकेइथेल र सिंगजमेइमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको र प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न दर्जनौं राउन्ड अश्रुग्यास र रबरका गोली प्रहार गरेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
मैतेई र कुकी जातिबीच मे २०२३ देखि सुरु भएको जातिय हिंसामा अहिलेसम्म २६० जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने यही द्वन्द्वका कारण हजारौं नागरिक विस्थापित भएका छन् ।मैतेई र कुकी जातिबीच मे २०२३ देखि सुरु भएको जातिय हिंसामा अहिलेसम्म २६० जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने यही द्वन्द्वका कारण हजारौं नागरिक विस्थापित भएका छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी