२९ जेठ,काठमाडौं । भारतको गुजरात राज्यस्थित अहमदाबादमा २२४ जना सवार उडेको दुई मिनेट पछि नै एयर इण्डियाको विमान२२४ जना सवार उडेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनाग्रस्त विमान चिकित्सहरू बस्ने आवासमाथि खसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेको छ ।
सरदार पटेल इन्टरनेसनल विमानस्थलबाट उडेको केही क्षणमै जहाज मेघाणी नगर इलाकामा दुर्घटनामा परेको थियो । जहाज डाक्टरहरूको एक होस्टलमा खसेको थियो ।
अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो ।एयर इन्डियाको ‘एआई १७१’ जहाज अमेरिकी बोइङ कम्पनीको ‘बी७८७–ड्रिमलाइनर’ जहाज सन् २०१३ मा परीक्षण भएको थियो ।
एयर इन्डियाको विमान खस्दा उद्धार कार्य जारी छ। यसैबीच प्रधानमन्त्री मोदीले नागरिक उड्डयन मन्त्रीलाई घटनाको जानकारी र आवश्यक सहयोग गर्न निर्देशन दिनुभएको छ।