• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

दनुवार जागरण समिति सप्तरीको अधिवेशन सम्पन्न, अध्यक्ष पदमा विशेश्वर सिंह चयन

img

न्युज 1नेपाल
जेठ २९ गते , सप्तरी। दनुवार जागरण समिति सप्तरीको पाँचौ जिल्ला अधिबेशन बिहीबार सम्पन्न भएको छ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ स्थित घोघिदाहामा सम्पन्न बन्दसत्रबाट विशेश्वर प्रसाद सिंह दनुवारलाई अध्यक्ष पदमा चयन गरि ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरि अधिबेशन सम्पन्न भएको हो ।
नवगठित समितिमा उपाध्यक्ष पदमा रामगेन सिंह दनुवार, सचिबपदमा उपेश कुमार सिंह दनुवार र कोषाध्यक्ष पदमा सरिता सिंह दनुवार चयन भएका छन् ।
यसरी नै समिति अन्तर्गत सदस्यहरुमा रिनादेवी सिंह दनुवार,निलम सिंह दनुवार,अनिता सिंह दनुवार, रेखादेवी सिंह दनुवार र कविलाशदेवी सिंह दनुवार रहेका छन् ।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय सदस्य एवम् जिल्ला अधिबेशन केन्द्रीय प्रतिनिधि घुर्निदेवी सिंह दनुवारले सपथ तथा पदभार ग्रहण गराउदै कार्यकालको शुभकामना एवं बधाई दिएकी थिइन्।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी