न्युज 1नेपाल
३० जेठ, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं राष्ट्रिय सम्मेलन सम्पन्न सबैभन्दा बढी मत अनुशासन आयोगतर्फ उम्मेदवार बनेकी स्नेहा केसीले प्राप्त गरेकी छन् ।
आयोगको महिला सदस्यतर्फ केसीले १ हजार २५८ मत ल्याएकी हुन् । चार जना निर्वाचित हुने महिला सदस्यमा दुर्गा खत्रीले १ हजार १९४, प्रशिक्षा कोइरालाले १ हजार १८० र उर्मिला कार्कीले १ हजार १६६ मत ल्याइन् ।अनेरास्ववियु अधिवेशनको क्रममा समितिका लागि हुन लागेको निर्वाचनको क्रममा बिहीबार मध्यरातमा सकिएको मतगणनामा अध्यक्षमा डा. सुजन कडरियाले सात मतको अन्तरले निर्वाचित भए कडरियाले ७३२ मत पाउँदा प्रतिस्पर्धी प्रकाश पौडेलको पक्षमा ७२५ मत खसेको थियो ।सम्मेलनमा मधेश/थारु खुलातर्फ राजेशकुमार यादवले १ हजार ५५ मत ल्याएर सर्वाधिक मत ल्याउने उम्मेदवार बनेका हुन् । सोही तर्फ मुकेश साहले १ हजार २८ मत ल्याएर निर्वाचित भएका छन् ।पदाधिकारीतर्फ सबैभन्दा बढी मत उपमहासचिवका उम्मेदवार कमल जोशीले पाए । जोशीले ८१६ मत पाए । जोशीपछि पदाधिकारीमा धेरै मत ल्याउनेमा महासचिवमा निर्वाचित दीपक धामी रहे । धामीको पक्षमा ७८५ मत आएको छ ।