• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

अर्नाहा स्थित हुलाकी मार्गमा एक कन्टेनरले मोटरसाइकिललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

img

जेठ ३० गते , सप्तरी।
पूर्वपश्चिम हुलाकी मार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं १२ स्थित अर्नाहामा शुक्रबार कन्टेनरले एक मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुने सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ कबिलासा बस्ने लखनलाल चौधरीको छोरा बर्ष ३५ को मनोज चौधरी रहेको पुष्टी भएको हो।
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ३ ख ४५३१ नम्बरको कन्टेनरले शम्भुनाथबाट पातो तर्फ जाने क्रममा बाटो क्रस गर्न लाग्दा स ६ प २२१ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


उनको कन्टेनर मुनी किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
मृतक चौधरीको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पठाइएको तथा कन्टेनर चालक जिल्ला काभ्रे पाँचखाल न. पा वडा नं ६ बस्ने अन्दाजी ५६ वर्षीया गोपाल राईलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए ।

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी