न्युज 1नेपाल संवाददाता
असार २ गते, काठमाडौं । जामाचो हाइकिङमा गएका एक बालक हराएको सूचना पाएपछि नेपाली सेनाको टोलीले खोजी गरी उद्धार गरेका छन् ।
३१ गते जेठमा हाइकिङ गएर फर्कने क्रममा १३ वर्षीय बालक हराएकोले खोजी तथा उद्धारका लागि बेलामै नागार्जुनबाट भैरवी दल गण,सेनाको टोली खटिएको थियो ।
सेनाको टोलीले ती बालकलाई भिरबाट ६ सय मिटर तल खसेको अवस्थामा राति ८ बजे फेला पारेको हो ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता गौरव केसीको अनुसार भिरबाट घाइते अवस्थामा उद्धार गरिएका ती बालकलाई सेनाले नै प्राथमिक उपचार गरेको थियो।त्यसपछि ती बालकलाई परिवारमार्फत थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो ।