• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कञ्चनरूपद्वारा आयोजित सार्वजनिक सुनवाईमा गुनासैमात्र

img

डम्बर राई
असार २ गते,कञ्चनरूप।
कञ्चनरुप नगरपालिकाले आज गरेको सार्वजनिक सुनवाइ कार्यक्रममा नगरपालिकाकाे चर्काे आलोचना संगै गुनासाे मात्र उठेकाे छ । कञ्चनरूप बेरियरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा विभिन्न बक्ताहरूले कार्यक्रमलाई औचित्यहिनको संज्ञापनि दिए ।

जनताकाे काम यधपी बिकासमा भन्दा नगरपालिकाले मासुभात, भाेजभतेर तथा पार्टीमै सिमित भएकाे बक्ताहरूले आरोप लगाए । उनिहरूकाे आरोप अनुसार मासुभातमा मात्र आव २०८१/०८२ मा ३५ लाख र इन्धनमा कराेडाै खर्चिएकाे छ ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखी काम गर्ने याेजना तर्जुमा गरेपनि यहि क्षेत्रलाई चाैपट्ट गरेकाे बक्ताहरूकाे आरोप थियो । शिक्षा क्षेत्रमा यस पालिकामा रहेका सामुदायिक बिधाालयमा ब्यवस्थापन समिति गठन नगरी बिधालय र अभिवाकत्वकाे दूरी बढाएकाे गुनासाे गरे । यहाँ स्थित प्राबि, आधारभुत र माबि गरि ३३ वटा सामुदायिक बिधालयहरू छन् ।

नगरप्रमुख ललन प्रसाद गुप्ताले सामुदायिक बिधालय भन्दा नीजी बिधालयहरूलाई प्राथमिकता दिइएकाे सहभागीहरूकाे भनाई थियाे । गरिव बालबालिकाले स्थानिय सरकारबाट पाउदै गरेकाे सेवा सुविधा बमाेजिमका भाैतिक सामानहरू र दिवा खाजा समेत कटाैती गरेकाे भन्दै गुनासाे पाेखे । बिधालयमा पाठ्यक्रम लागु नहुदा शैक्षिक स्तर खस्कदै गएकाे चर्चा गरेका थिए । नगर अस्पतालमा हिजाेआज साधारण दवाई सिटामाेल समेत पर्याप्त नभएकाे खुलासा गरे । बिधुत लाेडसेडिङ्ग हुँदा अस्पतालकाे सबै सेवा अवरूद्ध हुने गरेकाे गुनासाे सहित सवाल उठेकी अस्पतालबाट बिरामीले सरकारी काेटाकाे दवाई पाउदैन । यस्ताे चरम लापारवाही देखिएकाे सर्वब्यापी कुरा उठे ।

स्वास्थ्य र कृषि पनि बिगत ३ बर्ष यता ओरालो झरेकाे बक्ताहरूले उठाए । यस्तै कृषि तर्फ पालिकाले लाखाै बजेट बिनियाेज गरेरपनि उचित कृषि ब्यवस्थापन हुन सकेकाे छैन । समयमै पालिकाले बीउ, बिजन र मल, खाध पदार्थ ब्यवस्थापन गरेर किसानलाई बितरण गर्न नसकेकाे नगरपालिकाकाे ठुलाे लापारवाही भएकाे आरोप लगाए । साथै बक्ताहरूले सुखा क्षेत्रमा सिचाईकाे ब्यवस्था मिलाउन नगरलाई सुझाव समेत दिए ।

स्थानिय बजार, चाैकमा सुलव शाैचालय छैन । पालिकाले सरसफाईमा ध्यान नदिदा नगर दुषित वातावरणमा प्रदुषित हुँदै

गएकाे उनिहरूले थपे ।

यसैगरी कार्यक्रममा नगरपालिकाकाे कर्मचारीहरूकाे रवैया भएकाे टिप्पणी गरे । बक्ताले भने कुनैपनि शाखाका कर्मचारीहरूबाट स्थानिय जनता एवंम सर्व साधारणकाे काम समयमै नहुने मनपरीतन्त्र देखिएकाे छ । अनाहकमा दु:ख दिने, भाेली, पर्सीकाे बहाना लगाउने, सेवाग्राहीकाे काम र कुरामा ध्यान नदिने यहाँकाे कर्मचारीकाे रवैया हाे । कार्यालयमा नबस्ने, यताउता, हाट बजार, पसलमा कर्ममचारी गफ चुटेर बस्ने गरेकाे पाइएकाे बक्ताहरूले खाेले । बक्ताहरूले कर्मचारीतन्त्र र बिचाैलिया मुक्त गर्न नगरप्रमुखसंग आग्रह गरे ।

यस्तै पत्रकार भाेला पासवानले नगरपालिकाले गरेकाे सम्पूर्ण कामकाे खर्चकाे बिवरण प्रस्तुत गर्दै भने खर्च शीर्षक र याेजना बिपरित भएकाे भेट्टाइएकाे छ । उनले भने इआइएमा लाखाै खर्चियाे तर काम गर्न सकेन । लाखाै रकम सञ्चारक्षेत्रमा खर्चिएकाे पाइयाे तर स्थानिय पत्रकार र मिडियाले त्याे रकम लिएका छैनन् अब याे खर्च कहाँ गरियाे ? सवाल गर्दै पत्रकार पासवानले खर्चकाे हिसाब माँगे । कर्मचारी भर्ना, नियुक्तीमा अनियमितता मात्र भएन उनले भने तलव भत्तामा समेत अनियमितता भएकाे छ । सम्पूर्ण

आर्थिक गतिबिधिमा भएको त्रुटिकाे टिपाेर्ट जस्ताकाे त्यस्तै पस्कदै पत्रकार पासवानले नगरप्रमुख ललन प्रसाद गुप्तासंग जवाफ माँगे । अन्त्यमा नगरप्ररमुख गुप्ताले सबै सवाल तथा गुनासाे सुल्झाउदै सुधार गर्ने बताए ।

स्मरण रहाेस् साे सार्वजनिक सुनवाइ कार्यक्रमकाे नगर उपप्रमुख मुना कुमारी पाेखरेलले बहिष्कार गरेकी थिईन् । उनले फेसबुक र सामाजिक सञ्जालमा पाेष्ट गरि आफुलाई कार्यक्रमको जानकारी नभएको भन्दै बिराेध जनाएका थिइन् । केही कुरा क्रियशन प्रालि काठमाण्डाैले उक्त कर्यक्रम सहजिकरण गरेका थिए ।
आयोजित कार्यक्रममा सहभागीहरूले गुनासाे मात्रै गरेनन् आक्रोसपनी ब्यक्त गरेका थिए ।

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी