डम्बर राई
२अषाढ, कञ्चनरूप _ समाज परिवर्तन नेपालका रामलाल कमेडी टीमद्वारा ट्राफिक सुरक्षा सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया तथा सडक नाटक गरेका छन् । सप्तरीकाे यातायात ब्यवस्था कार्यालय राजबिराजकाे आयोजनामा ट्राफिक नियमकाे पालना सभ्य समाजकाे सृजना नारा सहित आजैबाट सुरू भएकाे उक्त कार्यक्रम तीन ठाउँ गरिएकाे छ ।
राजबिराजकाे गजेन्द्र नारायण सिंह चाैक, कञ्चनरूपकाे बेरियर कंचनपुर र हनुमाननगर बजारमा गरिएकाे यातायात ब्यवस्था कार्यालय राजबिराजले जनाएकाे छ । ट्राफिक प्रहरी र रामलाल कमेडी टीमका कलाकारहरूले माेटरसाइकल सवार गर्दा अपनाउनु पर्ने तरिका र त्यसका नियमहरू बारे दर्शक तथा सवारीकर्ताहरूलाई प्रस्तुत गरेका थिए ।
कलाकारहरूमा रामलाल भनिने भुपेन्द्र मण्डल, राधा साह, शान्ती मण्डल, बिशाल पण्डित, धीरज मण्डल, राजु बिश्वकर्मा, बच्चालाल साह र बिजय मण्डलले ट्राफिक नियमकाे उलंघन गर्दै माेटर साइकल सवार गरेकाे अभिनय गरेका थिए । ट्राफिक नियम उलंघन गर्दा हुने सजाय, लाईसन्स लिने कानुनी तरिका लगायत कानुनी सुझाव ट्राफिक प्रहरीले गराएका थिए । ट्राफिक प्रहरी तथा स्थानिय बिकासकाे सहकार्यमा आयोजित उक्त अन्तरक्रीया तथा सडक नाटक यसपछि बाेदेवर्साइन, कल्याणपुर र कदमाहमा गरिने छ । आयोजकको अनुसार असार ४ गतेसम्म कार्यक्रम संचालन हुने छ ।