असार ०५ गते, सप्तरी।
सप्तरीमा आफ्नै बुहारीको गर्भ तुहाएको आरोपमा सासू–ससुरामाथि गर्भपतन मुद्दा चलाइन्यूज 1नेपाल
एको छ । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नं २ शकरदही मा प्रेम विवाह गरेकी २० वर्षीया सनिसा खंगको गर्भपतन गराएको आरोपमा सासू झुलफूलदेवी खंग र ससुरा परमेश्वर खंग विरुद्ध प्रहरीले मुद्दा चलाएको हो। सासू झुलफूलदेवी खंग लगायतले मङ्गलबार राति जबरजस्ती गर्भपतनको औषधि खुवाएर गर्भपतन गराएको बुहारी सनिसाको आरोप छ ।
बुधबार बिहानसम्म अचेत अवस्थामा रहेकी उनलाई प्रहरीले उद्वार गरि तत्काल अस्पताल पठाइएको थियो । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल आउँदासम्म ढिलो भइसकेका कारण चिकित्सकले उनको गर्भ जोगाउन नसक्दा घटना बाहिरीएको थियो । घटना पश्चात् सासू झुलफूलदेवी र ससुरा परमेश्वर खंगलाई सप्तरीका प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
दुवै जनामाथि गर्भपतनको मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद लिएर थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।
तीन वर्षको प्रेम सम्बन्ध पछि शारीरिक सम्बन्ध समेत बन्दै जाँदा एक वर्षअघि सोही ठाउँका २२ वर्षीय शिवजीसँग सनिसाले विवाह गरेकी थिइन् । शिवजीकै जोडबलका कारण दुवै जनाले कंकालिनी भगवती मन्दिरमा विवाह गरे पनि तत्काल अलगै बसेर पढाई पूरा भएपछि मात्रै सँगै बस्ने सहमति थियो । तर, गत चैतको पहिलो साता शिवजीले सनिसालाई आफ्नै घरमा राख्ने भन्दै लगे पनि परमेश्वर र झुलफूलदेवीले उनलाई बुहारी स्वीकार्य गर्न तयार नभएको स्थानीयले बताउँछन् ।
सनिसा गर्भवती रहेको थाहा पाएपछि सासू–ससुराले दिल्ली पुर्याएर गर्भपतन गराइदिने योजना बनाएका कुरा पनि बाहिरिएको थियो। सोहीअनुसार बुहारी सनीषालाई १२ दिन विहारको सुपौल जिल्ला अन्तर्गतका दौलतपुरमा लगेर राखेको सनिसा बताउँछिन् । तर, सो योजनाबारे आफुले थाहा पाएपछि भागेर फर्किएपनि उनलाई अवहेलना गर्दै घरमा बस्न नदिएको सनिसाको आरोप छ । श्रीमानले पनि साथ नदिएपछि प्रहरी उजुरी दिन बाध्य भएको उनको दुखेसो छ ।
प्रहरीले छलफल गराएपछि कागज गराएर घरमा बसाएको सनिसाले जानकारी दिइन् । सोही क्रममा केही दिनपछि सासू लगायतकाले जबरजस्ती गर्भपतनको औषधि खुवाएको सनिसाको आरोप छ ।