असार ०५ गते, सप्तरी।
लागूऔषध गाँजा मुद्दाका एकजना प्रतिवादीलाई सप्तरीका प्रहरीले नियन्त्रणमा लिएका छन् ।
विहिवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १३ गोबरगाढाका अन्दाजी बर्ष ५१ का जयनारायण यादव भन्ने भोला यादवलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय हनुमाननगरका पक्राउ गर्न खटिएका प्रहरी टोलीले खोजतलास गर्दै फेला पारी यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सप्तरी जिल्ला अदालत राजविराजबाट लागूऔषध गाँजा कारोबार मुद्दामा वरदात पश्चात् फरार रहेका यादवलाई बिहीवार नै सप्तरी जिल्ला अदालत दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए । उक्त मुद्दामा यादवलाई १० महिना ४ दिन कैद सजाय तोकिएको बताएको छ ।