असार २० गते, सप्तरी
जनता समाजवादी पार्टी नेपाल नगर समिति राजबिराजको प्रथम अधिवेशनकाे उदघाटनसत्र सम्पन्न भएको छ। मङ्गलबार नगर समितिका अध्यक्ष भिमराज यादबकाे अध्यक्षतामा आयोजित एक समारोहका वीच उदघाटन सत्र सम्पन्न भएको हो ।
अधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादबले पार्टीकाे संगठनलाई सुदृढ एवं बलियाे बनाउन हामी सबै एकजुट भएर अगाडि बढनुपर्ने बताउनुभयो ।
राजविराज वडा नं ९ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न भएको उद्घाटनसत्रमा केन्द्रीय सदस्य अमरनाथ मण्डल, मधेेश प्रदेश कार्यकारिणी सदस्य दिनेश यादब, राजबिराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख ईसरत परविन, बिष्णुपुर गाउँपालिका अध्यक्ष उमेश यादब, राजविराज वडा १ का अध्यक्ष चन्द्र शेखर चाैधरीले शुभकामना मन्तव्य राखेका थिए ।
यसरी नै युवा नेता तारकेश्वर यादब, ओबिसी महासँघ सप्तरीका अध्यक्ष उमेश यादब, समाजवादी बिधार्थी युनियन सप्तरीका अध्यक्ष श्यामकुमार यादब, समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादब, स्वास्थ्यकर्मी रामकुमार यादब, जसपा नेता राजेश्वर राय, जसपा नेता लक्ष्मण यादब र अरूण यादबले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।
उद्घाटनसभा सम्पन्न भएपश्चात दोश्रो चरणमा प्रवेश गरेको बन्द सत्रवाट नयाँ नेतृत्व चयन गरिने जनाइएको छ।