• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

इजरायलका रक्षामन्त्रीले इरानमाथि हमला गर्न आदेश दिए।

img

असार १० गते, काठमाडौं । इरानले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलका रक्षामन्त्री इश्रायल काट्जले तेहरानको केन्द्रमा रहेको शासकीय क्षेत्रहरूमा तीव्र आक्रमण गर्न इजरायली सेनालाई आदेश दिएका छन्।

इजरायली सेनाले नागरिकहरूलाई सुरक्षित रहेको भन्दै आश्रयस्थलहरूबाट बाहिर निस्कन अनुमति दिएको केहीबेरपछि यो निर्देशन दिएको हो। इजरायलका प्रख्यात मिडिया ‘टाइम्स अफ इजरायल’ का अनुसार, इरानले प्रहार गरेको दुई वटा ब्यालिस्टिक मिसाइललाई समेत इजरायलले रोकेको जनाएको छ।उता, इरानका स्थानीय अधिकारीहरूले मंगलबार बिहान उत्तर इरानमा भएको आक्रमणमा कम्तीमा नौ जनाको ज्यान सहित चारवटा घरहरू पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेको थियो।तर इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूले ट्रम्पको ‘दाबी’ का रूपमा उल्लेख गर्दै झुठो प्रमाणित गर्न लागेका छन्।

बीबीसीका अनुसार, तेहरानबाट डोनाल्ड ट्रम्पको युद्धविरामसम्बन्धी घोषणाबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। ट्रम्पले केही घन्टाभित्र युद्धविराम सुरु हुने बताएका थिए।

इरानी सञ्चारमाध्यमहरू, विशेषगरी सरकारी सञ्चार संस्थाहरूले, यस घोषणालाई ‘ट्रम्पको दाबी’ भनेर मात्र उल्लेख गरेका छन् । यसैबीच, इजरायली सेनाले (आईडीएफ) तेहरानका विभिन्न तीन जिल्ला खाली गर्न आज राति आदेश दिएको छ । इरानमा कैयौँ विस्फोटको रिपोर्टहरू आएका छन् ।
केही इरानी अधिकारीहरूले ट्रम्पको युद्धविराम दाबीलाई अर्कोझुटको संज्ञा दिदै सतर्कता अपनाउन थालेका छन्।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी