सप्तरी/ एमाले प्रवेश गरे लगत्तै मधेश मिडिया काउन्सीलको सदस्य बनेकी बन्दना झाले पार्टी संगठन चाैतारीका पत्रकारमाथि धम्कीपूर्ण दुर्व्यवहार गरिन् ।काउन्सिलकाे सदस्य भएकाे एक हप्ता नबित्दै झाले प्रेस चौतारीका केन्द्रिय सदस्य बख्तियार अलीलाई समाचार लेखेकै आधारमा दुर्ब्यबहार गरेकी हुन् ।
पत्रकार अलीले स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा शीर्षकमा समाचार लेखेपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाकी उपाध्यक्ष समेत रहेकी झाले समाचार डिलिट गर्न दवावमा धम्कीपूर्ण दुर्व्यवहार गरेकाे चाैतर्फी चर्चा आएको छ ।
यसै संदर्भमा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले मंगलबार एक विज्ञप्ति जारी गर्दै पत्रकार अलि माथि दुर्व्यवहार गर्ने झालाई कडा कारबाही गर्न माँग गरेका छन् । पत्रकार अलिमाथि नेपाल पत्रकार महासंघको उपाध्यक्ष जस्ताे गरिमामय पदका जिम्मेवार ब्यक्तिबाट प्रकाशित समाचार हटाउन दिएको धम्की प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएकाे बिज्ञप्तीमा उल्लेख छ । साथै झाकाे रबैया प्रति घोर निन्दा एवं भत्सना समेत गरिएकाे छ ।
समाचार लेख्ने र प्रकाशन गर्ने श्रमजीवी पत्रकारको संवैधानिक अधिकारलाई हस्तक्षेप नगर्न पत्रकारलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन माँग गरेका छन् । पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाही गर्न समेत माँग गरिएकाे बिज्ञप्तीमा उल्लेख छ ।
प्रेस चाैतारी नेपाल मधेश प्रदेशका अध्यक्ष लालबाबु शेखकाे अनुसार यसभन्दा पहिला पनि मिडिया काउन्सिल मधेश प्रदेशको सदस्य रहेकी बन्दना झालाई राजकुमार लेखीले कसरी सदस्यमा नियुक्ति गरे ? मलाई कुनै जानकारी नै छैन अध्यक्ष शेखले भने मधेश प्रदेश सरकारका गृह तथा संचार मन्त्री राजकुमार लेखीले मिडिया काउन्सिलको सदस्यमा नियुक्त गरेर पठाएको केही दिन नबित्दै झाले पत्रकार अलीलाई समाचारको विषयमा धम्की सहितकाे दुर्व्यवहार गरेकी हुन् ।
मन्त्री लेखीले मिडिया काउन्सिलमा हालै नियुक्त गरेका चारजनामध्येकोही पनि प्रेस चौतारी निकटका पत्रकार नभएको प्रेस चौतारी मधेस प्रदेशका इन्चार्ज अच्युत पौडेलले जानकारी दिएका छन् ।