• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाको महत्वपूर्ण योगदान

img

न्यूज 1नेपाल संवाददाता
असार ११ गते सप्तरी –सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवाडा सप्तरीमा कार्यरत रहिरहँदा अवस्थामा वडा एरियाहरूमा शान्ति सुव्यवस्था एवं अपराध नियन्त्रण तथा रचनात्मक क्रियाकलापको सन्दर्भमा सम्पादन गरिएको महत्वपूर्ण उपलब्धिपूर्ण कार्यहरू गरिएका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ।
उनले स्थानीय पालिकाहरूसँग समन्वय गरी जुनियर प्रहरी अधिकृत ब्यारेक प्रहरी हवल्दार ब्यारेक र प्रहरी जवान ब्यारेकमा १० थान AC जडान गरिएको, खानेपानी डिभिजन कार्यालय सप्तरीसँगको समन्वयमा कार्यालय परिसर भित्र सेवाग्राहीहरूको लागि शौचालय निर्माण गराइएको, ँ सेवाग्राहीहरूका लागि दुई कोठे भवन निर्माण कार्य सञ्चालन गरिएको, सप्तरी उद्योग वाणिज्य सङ्घसँग समन्वय गरी प्रहरीलाई शुद्ध खानेपानी खुवाउनका लागि चार थान वाटरकेन्ट सञ्चालनमा ल्याएको, लागू औसत गाँजा ६,६६६ किलो ९ २१ ग्राम नियन्त्रणमा लिएको, अवैध अन्य लागू औषध ८७२ पिस नियन्त्रणमा लिएको, ब्राउन सुगर १.४ ग्राम पक्राउ गरिएको, मानिस ३५ जना पक्राउ गरी ३१ जनालाई लागू औषध मुद्दामा कारबाही गरिएको कार्यहरू गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस्तै फरार प्रतिवादी ४००४ जना नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालतमा पेश गरेको जसमा जम्मा कैदतर्फ १०१ वर्ष १० महिना १० दिन र जरिमाना रकम रु २६,६१,२५२ असुल उपर गर्ने कार्यसम्पादन गरिएको, अवैध भन्सार चोरी निकासी अन्दाजी २,५८,६४,०३० बराबरको समान तथा साधनहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा दाखिला गराएको र लागू औषधतर्फ सवारी साधन १३ वटा र अवैध भन्सार चोरी निकासी तर्फ ४० वटा नियन्त्रणमा लिएको व्यहोरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी