• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

संन्चारक्षेत्र अनुशासित हुन आवश्यक छ: गृहमन्त्री लेखि

img

न्युज 1नेपाल संवाददाता
असार ११ गते, जनकपुर धाम
मधेस प्रदेशका प्रवक्ता एवं गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मधेस प्रदेशका सञ्चार क्षेत्र अनुशासित मर्यादित र अनुकरणीय हुन आवश्यक भएको बताउनुभएको छ।

आम सञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा शुभारम्भ भएको मधेश प्रदेशमा दर्ता भएका अनलाइन मिडियाका सम्पादकहरुलाई तालिम उद्घाटन कार्यक्रममा मन्त्री लेखले सो कुरा बताउनुभएको हो।

अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै” संचारक्षेत्र अनुशासित,मर्यादित र अनुकरणिय हुन आवश्यक छ,सञ्चारमाध्यम,संचारकर्मी मित्रहरु तपाईं हरु राज्यको चौथो अंग हुनुहुन्छ,समाज रुपान्तरणको संवाहक हुनुहुन्छ तपाईं हरुले सरकारको गल्ती कमजोरी हरु औल्याइदिनुहोस,सुझाब दिनुहोस, सच्चिनु पर्ने र सच्याउनु पर्ने बिषयहरु सरकारलाई पहिचान गराउन सहयोग गर्नुहोस तपाईहरुको साकारात्मक सल्लाह सुझाबलाई हामी स्वागत गर्छौ तर यो पद पाइन त्यो पद पाइन,ब्यक्तिगत रुपमा यो सुविधा पाइन,यो अवसर बाट बन्चित गरियो भनेर पुर्वाग्रह राखेर समाचार सम्प्रेषण गर्नुभयो भने तपाईं हामी बिचको संवाद रोकिन सक्छ जस्ले गर्दा समाज रुपान्तरणमा ब्यबधान आउन सक्छ।” भनेर गृहमन्त्री लेखी ज्यूले बताउनु भएको छ।
img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी