सुनिता मगराती
लहान
कृषिबिज्ञ डा.जित बहादुर चन्द भन्छन कृषिमा युवाहरूलाई समाहित गर्न आवश्यक छ । युवालाई मेहनती र उधमशिल बनाउन कृषिबाटै सुरूवात गर्न डा चन्दले सुझाव दिए ।
सिरहाकाे जिराेमाइल स्थित प्रधानमन्त्री आधुनिकिकरण कृषि परियाेजनाद्वारा आयोजित कार्यक्रममा डा चन्दले भने कृषिमा परिवर्तन ल्याउने हाे भने युवालाई कृषिमा आधारित बनाउन सक्नुपर्छ ।
उनले भने देशकाे अर्थतन्त्रमा कृषिले प्रभाव पार्ने भएकाेले राज्यले पहिलाे प्राथमिकता कृषिलाई दिएकाे छ । तर यसमा लगनशिल, दक्ष कामदार र मेहेनतकाे कमी छ ।
कृषिलाई आधुनिकरण गरेर सरकारले अर्बाै रूपैयाँ लगानी गर्दै आएको पछिल्लाे समयमा कृषककाे चासाे बढेपनि दक्षताकाे कमी देखिएकाे उनले बताए । नेपालमा ९ बर्षदेखि प्रधानमन्त्री आधुनिकीकरण कृषि परियाेजनाले देशकाे ७७ वटै जिल्लामा ठुलाे परिवर्तन ल्याएकाे छ उनले भने यस परियाेजनाले खाधबालीमा धान, मकै गहुँ,तरकारी, आलुमा जाेड दिएकाे छ ।
यस्तै फलफुलमा आप, स्याउ, सुन्तला, जुनारलाई हेर्दै आएका छन् । परियाेजनाकाे मुल्याङ्कन गर्दा नीति तथा अनुसंधानले राष्ट्रीय गाैर
प्रायाेजना बनाउनु पर्ने ठहर गरिएकाे डा चन्दले सुनाए ।
सरकारले २०७३ देखि ०८३ सम्मका लागि १ अर्ब, ३० अर्ब रुपैया छुट्याएकाे थियाे तर कृषि जाेन, सुपरजाेनसंग समन्वय हुन नसकेकाेले लगभग ६० अर्ब मात्र खर्च भएकाे आँकडा प्रस्तुत गरे ।
फिल्डस्तरमा कृषकहरू तथा सञ्चालन समन्वय समितिसंग प्राबिधिक वार्तालाप कार्यक्रममा प्रधानमन्त्री आधुनिकीकरण कृषि परियाेजना सिरहाका प्रमुख प्रदिप ठाकुरकाे आँकडानुसार सप्तरी र सिरहामा आँप बढी उत्पादन हुने भएकाेले यहाँ ७ वटा आँपजोन स्थापना भएकाे छ । जसमध्ये सप्तरीमा ३ र सिरहामा ४ वटा छन् । उत्पानक्षेत्रकाे हिसाबले सप्तरीमा ८ हजार २ सय ८७ हेक्टर र सिरहामा ८ हजार २९ हेक्टर जमिनमा आपको बगैँचा लगाईएकाे ठाकुरले बताए ।
उत्पानकत्व हेर्दा सप्तरीमा १४.६४ र सिरहामा १३.५२ काे आँकडा छ । बिगतकाे तुलनामा अहिले आँपमा गुणस्तर नभएकाे अनुसंधानमा पाइएकाे भन्दै ठाकुरले केही समस्या औल्याए । ब्यापारीकरणमा देखिएकाे समस्यासंगै बाेट बिरुवामा देखा परेकाे राेग आदि । आँपमा हर्माेनयुक्त ( औषधि) जरामा लगाइने गरिन्छ जसबाट प्राकृतिक दृष्टिकाेणले हानीकारक छ ।
उनले भने यसरी प्रयाेग गरिएकाे हर्माेनले आँप फलाउन सहयाेग पुग्छ तर रुखकाे आयु घट्ने प्रवल सम्भावना हुन्छ । प्राकृतिक दृष्टीकाेणले एक बर्ष आँप फल्ने र दाेस्राे बर्ष पालुवा फाल्ने हाे । फालुवा राम्ररी फालेकाे रूख फस्टाउने र उत्पादन राम्राे दिने गर्दछ । तर ब्यापारीले औषधि लगाएर फलाउने गरेकाे रुख ५ देखि ७ बर्ष फल्ला त्यसपछि मर्न थाल्छ ।
किसानहरूले आफ्नो बगैचामा उत्पादन गरेकाे आँप गुणस्तर बनाई आफैले बजारीकरण गर्ने तर्फ उन्मुख हुन ठाकुरले सुझाव दिदै आँप उत्पादन समूह तथा आँप जोनसंग कार्यालयले समन्वय बढाउने प्रतिवद्धता गरे ।ठाकुरकाे अनुसार उत्पादनकाे मापन गर्दा राष्ट्रीय याेजना भन्दा परियाेजनाकाे माध्यमबाट बढी उत्पादन हुने गरेकाे छ। देशमा कुल क्षेत्रफलकाे ५४ हेक्टर आँप लगाइएको छ।