कञ्चनरूप/ असार १३ गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले कर्तब्य ज्यान मुद्धाका अभियाेगमा एक महिलालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ९ बस्ने बर्ष २१ कि तुलसीदेवी सरदार छन् ।
उनलाई सुनसरी जिल्लाकाे इनरुवा नगरपालिका ९ स्थित बबियाबाट सुनसरी प्रहरीकाे समन्वयबाट पक्राउ गरि शुक्रबार सप्तरी ल्याइएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् । डिएसपी बस्नेतकाे अनुसार डाक्नेश्वरी नगरपालिका ८ बस्ने ३२ बर्षिय राजकुमार खंगकाे हत्यामा सरदार संलग्न रहेकाे अनुसंधानबाट थाहा भएकाे हाे ।
जिल्लाका राजगढ गाउपालिका ४ स्थित लवका पाेखरी छेउमा खंगकाे शव बिहिबार बिहान ८ बजे फेला परेकाे थियाे । मृतककाे शरीरकाे छात्तीकाे भागमा काटिएकाे र घाँटी सेरेकाे थियाे । प्रहरीले अभियुक्तकाे साथबाट मृतकले प्रयाेग गरेकाे माेवाइलसेट फेला पार्नुकाे साथै नीजलाइ साेधपुछ गर्दा घटना भएकाे स्थान पाेखरीमा धारिलाे चक्कु फेला परेकाे छ ।