• img
  • img
img img img
Categories
कृषि प्रदेश समाचार समाचार

देश एवं मधेसबासीलाई मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा राष्ट्रिय धान दिवसको शुभकामना

img

असार १५ गते , सप्तरी।
राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धान दिवसले खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने विश्वास सहितको शुभकामना रेख गरेका छन्।
आइतबार धान दिवस–२०८२ को अवसरमा शुभकामना संदेश जारी गर्दै उनले ” यो दिवसले कृषि क्षेत्रमा व्यापक उत्पादन होस् भन्ने प्रेरणा मिलोस् भन्दै सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले “मधेशले देशलाई खुवाउने” दीर्घकालीन अभियान अघि बढाएको उल्लेख गरेका छन् ।
“उत्पादन मधेशमा, विस्तार देशमा” भन्ने मूल नारालाई आधार मानेर कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउने र निर्यात प्रवर्द्धन गर्ने सरकारको स्पष्ट रणनीति रहेको उनले भनेका छन् ।
‘धान उत्पादनलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘दुई धान बाली प्रवर्द्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको छ’ उनले शुभकामना संदेशमा भनेका छन् ,’साथै माटोको उर्वरता सुधार, सिंचाइमा आत्मनिर्भरता, यान्त्रीकरण, विद्युतीकरण र व्यवसायीकरणलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।’
जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान बालीको दिगो विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले शुभकामना संदेश भनेका छन् । आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल तथा सिंचाइ सुविधा सहज पहुँचमा पुर्‍याई कृषकहरूको जीवनस्तर उकास्न सरकार निरन्तर सक्रिय रहेको उनले उल्लेख गरेका छन् ।
“राष्ट्रिय धान दिवसले हामी सबैलाई खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने साझा संकल्प र प्रेरणा मिलोस्, म सम्पूर्ण कृषक दाजुभाइ–दिदीबहिनीप्रति सम्मान प्रकट गर्दछु ।” मुख्यमन्त्री सिंहले शुभकामना संदेशमा भनेका छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी