• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

रुपनीमा गर्भवती महिलालाई कुटपिट, संवेदनशील अगंमा चोट

img

न्युज 1नेपाल संवाददाता
असार १६ गते, सप्तरी। सप्तरीको रुपनी गाउँपालिका वडा नं ६ मा एक युवकले गर्भवती महिलालाई कुट्दा संवेदनशील अङ्गमा चोट लाग्दा उपचारमा छिन्।
रुपनी गाउँपालिका वार्ड नं ६ भट्टनिया की ४ महिना गर्भ बोकेकी २१ वर्षीया रानी कुमारी सरदारलाई आइतबार बेलुकी ७:०० बजेतिर सोही स्थानको एक युवकले पेटमा लात मुड्कीले हानेर सिकिस्त पारेकोले उपचारका लागि अस्पतालमा भर्ना भएकी हुन्।

सप्तरीको राजविराजस्थित छिनमस्ता अस्पतालमा भर्ना भएकी रानीको गर्भमा रहेकी शिशुलाई असर पर्न गएको मेडिकल जाँचले देखाएको छ।
रानी कि आमा कुनिया देवी सरदार संग सोही स्थानका मुनर सरदारका पत्नी वर्ष ४२ कि घुर्नी देवी सरदार, बुहारी २३ की ममता देवी सरदारले गाली गलोज गरिरहँदा रानी कुमारी सरदारले आमालाई झगडाको बीचबाट ल्याउन गइरहेको अवस्थामा मुनर सरदारका छोरा वर्ष २५ का सुनिल कुमार सरदार एक्कासी आएर रानीलाई नै लात मुड्कीले हानेकोले रानीको गर्भमा रहेको शिशुलाई चोट लाग्न गएको हो। रानीको अवस्था गम्भीर भएकोले नमस्कार अस्पतालमाउपचार गराइरहेकी छिन्।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी