न्युज 1नेपाल संवाददाता
असार १६ गते, सप्तरी। सप्तरीमा बेबारिसे किरानाका सामान र मोटरसाइकिल प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं १ खुररिया स्थित आइतबार २ बजेर ३० मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा खटिएका गस्ती टोलीले बेवारिसे मोटरसाइकिललाई हेर्दा उक्त मोटरसाइकिलमा भन्सार छली ल्याएको किराना सामान तथा मोटरसाइकिल प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले रोकिराखेको मोटरसाइकिलमा बोराहरूलाई खोलेर चेक जाँच गर्दा
स ७ प ४५ ९९ नम्बर प्लेट भएको हिरो कम्पनीको मोटरसाइकिलमा बोरा भित्र लोड गरिएको कबीर एक्सप्रेस खैनी- दुई बोरा (३० किलो), पावर भाङ २४ पिस ,सर्प एक्सल -१ बोरा, भोल्टेजस्टोप्लाईजर- २पिस,फेला परेको थियो।
नियन्त्रणमा लिएको उक्त सारा समानहरू छली चोरी पैठारीतर्फ आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाएको प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रनाउ जितेन्द्र कुमार बस्नेतले जानकारी गराए।