• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा दुई जना सजाय पाएका फरार प्रतिवादी पक्राउ

img

न्युज 1नेपाल
असार १६ गते, सप्तरी। सप्तरीको जिल्ला अदालतबाट चोरी मुद्दामा कैद सजाय भएका फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरीका प्रहरीले विहिबार उनीहरूलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएका हुन्।
पक्राउ पर्ने अभियुक्त राजविराज नगरपालिका–१५ निवासी प्रमोद भनिने कारी यादव र वडा नम्बर–१३ निवासी दिपेन्द्र प्रसाद देव रहेका छन्।

सप्तरी जिल्ला अदालत राजविराजले प्रमोदलाई चोरी मुद्दामा १ महिना ६ दिन र दिपेन्द्रलाई २७ दिन कैद सजाय तोकेको थियो। तर, फैसला पछि उनीहरू फरार रहेका थिए।उनीहरूको खोजी गर्दै आएको प्रहरीले विशेष सूचनाका आधारमा दुवैजनालाई फरार अभियुक्तको सूचीबाट हटाउँदै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रनाउ जितेन्द्र कुमार बस्नेतले जानकारी गराए।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी