• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

विराटनगरमा दुई लुटेरा प्रहरीको नियन्त्रणमा

img

न्युज 1नेपाल संवाददाता
असार १७ गते, सप्तरी । विराटनगरमा प्रहरी हौं भनेर शरीर बन्धक पारी लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका खुलासा भएको हो।
मोरङ प्रहरीको अनुसार घटनाको व्यहोरा बुझ्दा विराटनगर महानगरपालिका–१३ रानीस्थित राइस मिल छेउमा सिटी सफारीमा सवार भएर गईरहेको एक पुरूषलाई बन्धक बनाएर उनीहरुले लुटपाट गरेको आरोप छ ।
स्कुटरमा सवार उनीहरूले ती व्यक्तिलाई रोक्दै ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेर धाकधम्की दिएका थिए ।
त्यसपछि स्कुटरको बीचमा ती व्यक्तिलाई जबरजस्ती राखी विराटनगर महानगरपालिका–१४ जतुवास्थित एकान्त स्थलमा पुर्‍याई डर त्रास देखाई उनको साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ लुटिएको आरोप छ ।
गत बुधबार बिहान डाँका गरिएको थियो । यसबारे पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई खोजतलास गरी पक्राउ गरेको हो ।
उनीहरू उपर शरीर बन्धक बनाएर डाँका गरेको कसुर मुद्दामा जिल्लाअदालत मोरङबाट म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी