न्युज 1नेपाल
असार १९ गते, सप्तरी। सप्तरीमा भन्सार छली अवैध रूपमा अटो रिक्सामा ल्याएको लुगाहरू प्रहरीले पक्राउ गरेको छ।
तिलाठी कोलाडी गाउँपालिका वडा नम्बर ५ कुषा चौक स्थित प्रहरी टोलीले गस्ती गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ०१- ००१ ह १४१९ नम्बरको अटोमा लोड गरी लगेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ गरेका सामानहरूमा सुतीको साडी ३७ थान , साडी २३थान, लेडिज कुर्ता सुरवाल १८८ थान गरी जम्मा अन्दाजी रु २ लाख २० हजार र अटोरिक्सा मुल्य रु ५ लाख १७ हजार ९ ०० बराबरको सरसामानहरू रहेको थियो।
प्रहरीको अनुसार अटोमा बोराहरु लोड गरी लगेको अवस्थामा तस्करले प्रहरीलाई देख्नासाथ फरार भएका थिए। सोही क्रममा चेक जाँच गर्दा सो सामानहरू बरामद हुन गएको हो।
पक्राउ गरिएका समानहरू तथा अटोरिक्सा छलीचोरी पैठारी तर्फ आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।