• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

दलाई लामाको उत्तराधिकारी प्रक्रियाप्रति चीनको आपत्ति।

img

असार १९ गते, काठमाडौं । तिब्बतीयन बौद्ध धर्म गुरु एवं धार्मिक नेता दलाई लामाले आफ्नो उत्तराधिकारी तोकिने प्रक्रिया बताएकोमा चीनले आपत्ति जनाएको छ ।
जलाई लामाको मृत्युपछि पुन पुनर्जन्मको प्रक्रियाको घोषणाको चर्चा हुन थालेपछि चीनले आपत्ति जनाएको हो।
भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त भनाइपछि चिनियाँ विदेश मन्त्रालयले लामाको पुनर्जन्मका लागि चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।

चीनलाई चित्त नबुझेर दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा चिनियाँ कानून र नियमहरुका संगे परम्परागत धार्मिक अनुष्ठान एवं ऐतिहासिक परम्पराको समेत पालना हुनुपर्ने बताएको छ ।

बीबीसीको अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दलाई लामाको उत्तराधिकारीको पहिचान चिठ्ठाका माध्यमबाट हुनुपर्नेमा जो दिएको छ।
सुनौलो कलसबाट चिठ्ठा निकालेर दलाई लामाको उत्तराधिकारी चयन गरिनुपर्ने मन्त्रालयको तर्क छ ।

सन् १९७२ मा शुरु भएको उक्त प्रथाअनुसार नै पछिल्लो पटक लामा गुरुहरु चयन गरिएका थिए । तर, आलोचकहरुले भने चिनियाँ अधिकारीहरुले यस प्रक्रियामा गोलमाल गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।
चीनले यस्ता आरोपलाई खण्डन गर्दै आएको छ र यस प्रथालाई तिब्बती बौद्ध धर्मको अद्वितिय रुप भन्ने गरेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी