डम्बर राई
कञ्चनरुप / असार २०- सप्तरीबाट बर्षेनी १७ हजार भन्दा बढी बैदेशिक राेजगारीका लागि विभिन्न देश जाने गरेका छन् । आव २०८१/०८२ मा महिला २ सय २९ र पुरूष १६ हजार ८ सय ९३ जना बैदेशिक राेजगारका लागि बिदेशिएका छन् । याे आँकडा पूरानाे भन्दा २५ प्रतिशतले बढेकाे सुरक्षित आप्रवासन स्राेत केन्द्रका कार्यक्रम संयाेजक राजेन्द्र यादवले जानकारी गराए ।
बैदेशिक राेजगारमा जानेकाे संख्यामा मधेश प्रदेशका ८ वटा जिल्लाहरू मध्ये सप्तरी चाैथाे स्थानमा रहेकाे छ । केन्द्रले संकलन गरेकाे आव २०७९/८० देखि चालू आवको बैशाखसम्म जिल्लाबाट महिला पुरूष गरेर जम्मा ४२ हजार ९ सय ३२ जना बाहिरिएका थिए। तर याे आँकडानुसार पूरानाे भन्दा नयाँमा झण्डै ३० प्रतिशत कम देखिन्छ । स्राेत केन्द्रका कार्यक्रम संयाेजक राजेन्द्र यादवकाे अनुसार सप्तरीबाट बर्षेनि हजाराैकाे संख्यामा बैदेशिक राेजगारमा गएकाहरू विभिन्न समस्यामा पर्ने गरेका छन् । पासपाेर्ट जफत, ठगी सम्बन्धी समस्या, अलपत्र, जेल, मृत्यु, काम र तलब फरक बेपत्ता आदी समस्याहरू खेप्दै आएका छन् । जसमध्ये जिल्ला भित्र २०८१/०८२ मा ५ सय ९४ वटा उजुरी दर्ता भएका छन् । राहदानी र रकम फीर्ता ८७, काम र तलब फरक ७१, रकम फीर्ता ३ सय, ठगी ८९, मेडिकल फेल २, सम्पर्क बिहिन ४, मृत्यु २४, राहदानी फीर्ता ५, उद्दार १२ वटा छन् । स्राेत केन्द्रमा परेका ५ सय ९४ जनाकाे उजुरी मध्ये २ सय ४१ जनाकाे समस्या समाधान भइसकेकाे छ । साथै ४ कराेड ५६ लाख ३८ हजार ६ सय रूपैयाँ सहायता उपलब्ध गराएकाे छ ।
आप्रवासी स्राेत केन्द्रबाट बैदेशिक राेजगारमा जानेहरूका लागि न्यायमा पहुँच पुर्याउदै आएको बिगत तीन बर्षकाे डाटानुसार कुल मुद्धाकाे ४३ प्रतिशत प्रक्रियामा रहेकाे र ५७ प्रतिशत समाधान भएकाे छ । आर्थिक सहायता तथा क्षतिपुर्ति बापत १३ कराेड, ५९ लाख, ३३ हजार, ६ सय रूपैयाँ प्रजिअ, बैदेशिक राेजगार बिभागकाे मध्यस्थतामा न्यायधिकरण, बैदेशिक राेजगार वाेर्डबाट र इन्सुरेन्स कम्पनीबाट याे क्षतिपुर्ति रकम प्राप्त भएकाे हाे । गत ३ बर्ष यता बैदेशिक राेजगारमा परेका मुद्धाहरू केही जिल्लाकाे तुलनामा सप्तरीमा सबैभन्दा बढी हाे । यहाँ १ हजार ५ सय ५६ वटा मुद्धा परेका थिए । पालिकाहरूकाे आँकडा हेर्दा राजबिराज नगरपालिकामा १ सय ९७ वटा केश देखिन्छ । दाेस्राेमा शमभुनाथ र कञ्चनरुप नगरपालिका बरावरी १ सय २२ वटा केश देखिन्छ ।
यस्तै केशहरूमै आव २०८१/०८२ काे चैत्रसम्म बैदेशिक राजगारीकाे क्रममा मृत्यु भएका र तीनकाे सेवा सुविधामा समस्या रहेका छन् ।
बैदेशिक राेजगारकाे क्रममा मृत्युहुने बलानबिहुल गापा ७ का अजय कुमार महारान, शम्भुनाथ नपा २ का श्रवण कुमार चाैधरी, डाक्नेश्वरी नपा ५ का मजेबुल मियाँ र माेहम्द इब्राहिम, महादेवा गापा १ का देवराम यादव र ३ का प्रदिप कुमार यादव, तिरहुत गापा ३ का पशुपति कुमार चाैधरी, ५ का दशन मण्डल र ५ कै धीरेन्द्र कुमार मेहत्ता छन् । यसैगरी मृत्यु हुनेमा खडक नपा ११ का रुपेश कुमार यादव र ११ कै प्रदिप कुमार मण्डल , साेही नपा ४ का परमेश्वर दास तत्मा, राजबिराज नपा १ का अबुल मियाँ, कञ्चनरूप ११ का कुशेश्वर राम, १ का जिलेवी खंग, हनुमाननगर कंकालिनी नपा १० का शशी कुमार खंग, ८ का राजदेव कामैत, राजगढ गापा ४ का जगरनाथ मण्डल छन् ।
तिलाठी काेइलाडी गापा ७ का परमानन्द यादव, सप्तकाेशी नपा १० का गाेपाली यादव र रुपनी गापा ४ का राेशन कुमार यादवव, ५ का रामजीवन खत्वे, १ का शिवशंकर सदाकाे मृत्यु भएकाे छ ।
नेपालमा युवाहरूका लागि भरपर्दाे र दिगाे राेजगारकाे माध्यम बन्न नसकेका कारण युवा, महिला बैदेशिक राेजगारका लागि बिदेशिने गरेका छन् । यसरी बिदेशिने क्रममा दिनहुँ ३ हजार भन्दा बढीकाे तथ्याङ्क रहेकाे छ । पछिल्लाे समयमा आएर ७२ प्रतिशत नेपालीहरू बैदेशिक राेजगारका लागि जाने गरेकाे बैदेशिक राेजगार बिभागकाे रेकर्डमा उल्लेख छ ।