असार २० गते, काठमाडौ । अफगानिस्तानी शासकलाई रुसले तालिबान शासन भन्दै औपचारिक रूपमा मान्यता दिने भएको छ। अफगानिस्तानमा रहेको तालिबान शासनलाई रूसले औपचारिकता दिनु पहिलो देश बनेको हो। यता अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेर रुसलाई धन्यवाद दिएको बिबिसीले जनाएको छ।
बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको थियो।
मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी सम्मान र रचनात्मक साझेदारीको नयाँ अध्याय’ भएको बताए। साथै, उनले यो परिवर्तन अरू मुलुकहरूका लागि ‘उदाहरणीय बन्ने’ दाबी पनि गरे।
तालिवानी इस्लामी शासन पद्धति र विचारको घोर विरोध हुँदै आएको पश्चात पनि सन् २०२१ को अगस्टमा पुनः सत्तामा फर्किएपछि मानव अधिकार उल्लङ्घनको बढ्दो आरोपहरूको बाबजुद तालिबानले अन्तर्राष्ट्रिय मान्यता र लगानीको खोजी गर्दै आएको छ। यसबीच रुसलाई समर्थन दिएको पहिलो देश हुन पुगेको छ र रूसको यो निर्णयत्यसै प्रयासको पहिलो सफलता बन्ने देखिएको छ