• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा समाचार

हनुमाननगरमा सानासाना विद्यालयहरूमाथि नगरका शिक्षा अधिकृत हरिनारायण साहको बैमानस्यता

img

भुपदेव माली।
अषाढ २१ गते, सप्तरी।बिनी हरिनारायण साहले व्यक्तिगत क्लेस, ईर्ष्या, राजनीतिक पूर्वाग्रहका कारण हाम्रो विद्यालयहरूलाई थप कक्षा सञ्चालन गर्न अनुमति नदिएको विद्यालय सञ्चालकहरूले गुनासो व्यक्त गरेका छन्।
सनिबार सप्तरीको हनुमाननगर कंकालिनी नपास्थित दुख नि देवी धर्मशालामा आयोजित पत्रकार सम्मेलनमा १० वटा विद्यालयका सञ्चालकहरुले सो गुनासो व्यक्त गरेका हुन्।
सम्मेलनमा बोल्दै उहाँहरुले सप्तरीको हनुमाननगर कङ्कालनी नपाका शिक्षा शाखा अधिकृत हरिनारायण साहलाई आठ वर्षदेखि थप कक्षा सञ्चालनका लागि निवेदन दिँदै आएको र सो प्रति कुनै अभिव्यक्ति नदिई हाम्रो विद्यालयहरूलाई थप कक्षा सञ्चालन गर्न अवरोध पुर्‍याउँदै आएको बताए। हनुमाननगर बजार क्षेत्रका केही ठुलठुला विद्यालयका सञ्चालकहरूको इशारामा जिल्ला शिक्षा समूहमै समितिद्वारा अनुगमन टोली पठाएर अभिभावकहरू समेतको बीचमा थप कक्षा सञ्चालन नगर्न निर्देशन दिँदै आएको हुनाले हाम्रो हाम्रो विद्यालयले नै बन्द गराउने षड्यन्त्र गर्दै आएको समेत आरोप लगाउनुभयो।


जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालय सप्तरीले अनुगमन गर्ने क्रममा हाम्रो विद्यालयहरूलाई मात्र लक्षित गर्ने गरेको र छेउमै भएका अन्य विद्यालयहरूलाई अनुगमन नगर्नु भनेको षड्यन्त्रपूर्ण प्रक्रियाले हाम्रो विद्यालयहरूलाई बन्द गर्ने उद्देश्य मात्र रहेको आरोप लगाउनु भयो।
नेपाल सरकारले माध्यमिक शिक्षा निःशुल्क गरेको भए तापनि सप्तरी जिल्लाका विभिन्न ठाउँमा मावि विद्यालयहरूले अङ्ग्रेजी माध्यमको आडमा अभिभावकहरूसँग शुल्क उठाई बाडीचुडी खाने विद्यालयहरूलाई पनि नियमको दायरामा ल्याउनु पर्दथ्यो,तर त्यस्ता विद्यालयहरूमा अनुगमन नै नगरी र उहाँहरुमाथि कुनै कारबाही नै नगरी मात्र हाम्रो विद्यालयहरुलाई लक्षित गरी अनुगमन गर्नु र सम्माननीय जिल्ला अदालतबाट कक्षा सञ्चालन नगर्न निर्देशन दिनु भनेको पूर्ण षड्यन्त्र भएको बताए।
सम्मेलनमा सप्तरीको हनुमाननगर कंकालनी नपा अन्तर्गत हनुमाननगर बजार क्षेत्रका आरपी मेमोरियल स्कुल का सञ्चालक जय प्रकाश नारायण राय, आनन्द स्कुल का सञ्चालक आनन्दकुमार यादव, ग्रीनल्यान्ड स्कुलका सञ्चालक सत्यनारायण मण्डल, बजरंग ई .बो. स्कुलका सञ्चालक दिपेन्द्र साह, शिक्षा दीप बोर्डिङ स्कुलका सञ्चालक विद्यानन्द शाह, २२ नो देवी इ.बो. स्कुलका सञ्चालक श्याम मण्डल, धर्मराज इबु स्कुलका सञ्चालक सुशील मण्डल, शेखर ई बो स्कुलका सञ्चालक दिनेश माझी, मिथिला इ बु स्कुलका सञ्चालक रामकुमार मण्डल गरी जम्मा १० वटा निजी विद्यालयका सञ्चालकहरुले वर्षौदेखि पटकपटक थप कक्षा सञ्चालनका लागि निवेदन दायर गर्दै हजार रुपैयाँको रसिद समेत कटाउँदै गरेको भएपनि हालसम्म थप कक्षा सञ्चालनका लागि अनुमति नदिएको कारण हाम्रो विद्यालयहरूलाई अन्धकारतिर धकेल्ने प्रयास कदापि न्यायोचित नभएको गुनासो व्यक्त गरे।सम्मेलनमा आनन्द यादव, जयप्रकाश नारायण राय, शिक्षिका निलु परवानु, सत्यनारायण मण्डल, दिपेन्द्र शाह लगायतकाले आ-आफ्नो विद्यालय समस्याको बारेमा अभिव्यक्ति दिएका थिए।कार्यक्रममा उपरोक्त विद्यालयका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी