• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

कतारमा हुने प्रस्तावित युद्ध विरामका लागि इजरायल प्रतिनिधि मण्डल पठाउने

img

२२ असार, काठमाडौं । गाजामा शान्तिको अपेक्षा सहित युद्धविराम र बन्धकको रिहाइका लागि हमाससँग कतारमा हुने प्रस्तावित वार्ता स्वीकार गर्दै इजरायलले आइतबार एक प्रतिनिधिमण्डल पठाउने भएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सार्वजनिक गरेअनुसार हमासले गरेको माग ‘अस्वीकार्य’ रहे पनि उनीहरूले वार्ताको निमन्त्रणा स्वीकार गरेका हुन्। हमासले कतार, अमेरिका र इजिप्टको मध्यस्थता रहेको योजना संशोधन गर्नुपर्ने बताएको थियो । हमासले भनेको थियो: शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौं। प्यालेस्टिनी अधिकारीका अनुसार हमासले प्रस्तावमा केही संशोधनको माग गरेको छ जसमा स्थायी युद्धविरामको वार्ता असफल भए पनि फेरि युद्ध नहुने ग्यारेन्टी गर्नुपर्ने उल्लेख छ ।यसका साथै, हमाससँग आबद्ध इस्लामिक जिहाद समूहले पनि वार्तालाई समर्थन जनाउँदै इजरायलले बन्धक मुक्तिपछि पुनः आक्रमण नगर्ने स्पष्ट सुनिश्चितता आवश्यक भएको बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे चासो व्यक्त गर्दै युद्ध अन्त्यका लागि पहल गर्न आग्रह समेत गरेको थियो।यस अघि हमासले अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा तयार पारिएको युद्धविराम प्रस्तावको मस्यौदामा उल्लेखित सर्तहरूलाई सकारात्मक रूपमा लिँदै वार्ताको प्रक्रियामा सहभागी हुने तयारी रहेको विज्ञप्तिमार्फत जनाएको थियो ।

वार्ताका लागि दुवै पक्ष सहमत भएपनि शुक्रबार राति हमासले ६० दिनको युद्धविरामसम्बन्धी प्रस्तावमा ‘सकारात्मक प्रतिक्रिया’ दिएको बताएको थियो र वार्ताका लागि तयार रहेको जनाएको थियो।यद्यपि यता वार्ताका लागि कतार टोली पठाउने घोषणाका बावजुद पनि इजरायली सेनाले गाजा क्षेत्रमा बमबारी जारी राखेको छ । अलजजिराका अनुसार आक्रमणमा परी पछिल्लो २४ घण्टामा कम्तीमा ७८ जना मारिएका छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी