• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

रसुवास्थित भोटे कोशीमा के कारणले बाढी आएको पत्ता लागेन

img

असार २५ गते,काठमाडौँ —चीन तथा नेपालको उच्च हिमाली क्षेत्रमा अझै पनि बादल रहिरहेका कारणले रसुवास्थित भोटेकोसीमा आएको बाढीका कारण पत्ता लागेको छैन ।
जल तथा मौसम विज्ञान विभागले चीन तथा नेपालको उच्च हिमाली क्षेत्रमा बादलका कारण भू–उपग्रहको सहायताबाट तस्बिर लिन खोज्दा स्पष्ट चित्र नदेखिएकोले बाढीका कारण पत्ता लाउन समस्या भएको हो ।

विभागका अनुसार नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा भयावह बाढी आएको छ । सोमबारदेखि मंगलबार २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्याञ्जिङ मौसमी केन्द्र र रसुवास्थित धुञ्चे मौसमी केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको विभागले जानकारी दिएको छ ।

चीन तथा नेपालको भू–भागमा रहेको कुनै पनि हिमताल फुटेको हुनसक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुनसक्ने आशंका रहेको बाढीविद् बिनोद पराजुलीले बताए । ‘भारी वर्षाका कारण बाढी गएको होइन भन्ने पत्ता लागेपनिबाढी चाहिँ के कारण गएको भनेर हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने,

कार्यस्थलमा नै तत्काल गएर अध्ययन गर्न सम्भव नभए पनि भू–उपग्रहको सहायताबाट कारण थाहा पाउन सकिन्थ्यो । तर बादलका कारण अझै समस्या देखिएको छ ।’

बाढी के कारणले आएको हो भन्नेबारे अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि बादलका कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको जनाएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी