• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

राजबिराजमा सञ्चालित सप्तरी प्राइड लिग क्रिकेट प्रतियोगितामा राजगढ वारियर्स विजयी

img

न्युज 1नेपाल
असार २७ गते, सप्तरी।
सप्तरीको राजविराजमा संचालित सप्तरी प्राइड लिग( (एसपिएल) प्रतियोगिताकोआज दोश्रो दिनको पहिलो खेलमा राजगढ वारियर्स विजयी भएको छ । राजबिराज स्थित पब्लिक माध्यमिक विद्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा हनुमाननगर हिरोज र राजगढ वारियर्स बीच खेलमा हनुमाननगर हिरोजलाई २३ रनले पराजित राजगढ वारियर्स विजयी भएको हो ।
१ सय ३२ रनको लक्ष्य पछ्याएको हनुमाननगर हिरोजले १७.५ ओभरमा १०८ रनमा सबै विकेट गुमाए ।हनुमाननगरको लागि गोमनन्द अमात्य र एकलब्य मुखियाले समान २३ रनको योगदान दिएता पनि जितको लागि पर्याप्त हुन सकेको थिएन ।
राजगढ वारियर्सका बलर नयन यादव र रोशन यादवले समान ३ विकेट लिंदै जितमा अहम योगदान दिए। आनन्द मण्डलले २ तथा विकि पासवान र विष्णु मण्डलले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको राजगढ वारियर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३१ रन बनाउँदै १ सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
वारियर्सको लागि विष्णु मण्डलले सर्वाधिक ३९ रन बनाए। उनले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरे। यसैगरी नयन यादवले ३१ बलमा चार चौका र एक छक्काको मद्दतले ३६ रन बनाउन सफल भए। मोहम्मद असरलले २२ रनको योगदान दिए।
हनुमाननगरको बलिङमा सिवान यादवले दुई विकेट तथा उज्ज्वल झा र सन्जन बैठाले समान एक विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका नयन यादव प्लेयर अफ म्याच घोषित हुन सफल भए।
उक्त अवसरमा राजबिराज नगरपालिका याेजना अधिकृत मनाेज यादब तथा वडा नं.५ का वडा अध्यक्ष बन्धु दासले प्लेयर अफ दि म्याच हुने यादबलाई कप, र नगद १ हजार ५ सयकाे पुरस्कार संयुक्तरूपमा प्रदान गरेका हुन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी